Logo

२०८३, श्रावण ३०गते


images
images

मन्थली माविका शिक्षकले खाएको ५ हजारको लोकल भालेले रामेछापमा तनाव

मन्थली माविका शिक्षकले खाएको ५ हजारको लोकल भालेले रामेछापमा तनाव

images
  • मन्थली माविका शिक्षकले खाएको ५ हजारको लोकल भालेले रामेछापमा तनाव
    लोकल भाले फाईल फोटो
    images
    images

    रामेछाप । रामेछापको मन्थली माध्यमिक विद्यालयका शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजार रुपैयाँको लोकल भालेको रकम तत्काल असुल उपर गर्न स्थलगत छानविन समितिले निर्देशन दिएको छ ।

    images
    images
    images


    मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा मन्थली नगरपालिका शिक्षा शाखामा परेको उजुरी पछि गठित स्थलगत छानविन समितिले अनुगमनको क्रममा खाजाको नाममा लोकल भालेलाई ५ हजार दिएको बिल फेला पारेको छ ।

    images
    images
    images


    मन्थली माध्यमिक विद्यालयको लेखा शाखाका कागजात चेकजाँच गर्ने क्रममा ५ हजार रुपैयाँमा लोकल भाले खाएको बिल राखेर सोही बिल बमोजीम भुक्तानि दिएको फेला पारेपछि उक्त बिल अनुसारको रकम असुल उपर गर्न छानविन समितिले विद्यालयलाई निर्देशन दिएको हो ।

    images
    images
    images


    मन्थली माविका शिक्षकहरुले २०७७ साल चैत्र ३१ गते मन्थलीमा रहेको जे एस भोजनालय एण्ड लजमा खाजा खाएको र उक्त होटलले शिक्षकहरुले खाएको खाजा सहितको रकम पाउँ भनी होटल संञ्चालकले बिल नं ७७० मा लोकल भाले ५ हजार उल्लेख गरि बिल पेश गरेका थिए ।


    सोही बिल बमोजीम मन्थली माविले होटल संचालकलाई रकम भुक्तानी गरेको थियो । मन्थली माविमा भएको अनियमितताको बिषयमा छानविन गर्न स्कुल पुगेको स्थलगत छानविन समितिले विद्यालयको खाता हेर्ने क्रममा ५ हजारको लोकल भालेको बिल फेला परेपछि उक्त बिल हेरेर समितिका सदस्यहरु गलल्ल हाँसेका थिए ।


    कागजात हेर्ने क्रममा ५ हजारको लोकल भाले भन्ने बिल फेला परेपछि उक्त बिल हेरेर हामीलाई उठेको हाँसो रोक्न सकेनौंँ एक सदस्यले भनें । स्थलगत छानविन समितिले मन्थली नगरपालिकामा बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि अहिले रामेछापमा ५ हजारको लोकल भालेको चर्चा बजारमा चलेको छ ।


    अहिलेसम्म ५ हजारको लोकल भाले नदेखेका र नखाएका नागरिकहरु मन्थली माविका शिक्षकले खाएको ५ हजारको लोकल भाले कहाँ पाइन्छ भन्दै खोजीमा जुटेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।