Logo

२०८३, श्रावण ३०गते


images
images

पार्टीलाई बलियो बनाउन एकता आवश्यक : रज्जाक

पार्टीलाई बलियो बनाउन एकता आवश्यक : रज्जाक

images
  • पार्टीलाई बलियो बनाउन एकता आवश्यक : रज्जाक
    images
    images

    बुटवल । नेपाली काँग्रेका केन्द्रीय सदस्य अब्दुल रज्जाकले पार्टीलाई बलियो बनाउन कार्यकर्ताबिचमा एकता आवश्यक रहेको बताएका छन्  । पार्टि सदस्यबीचमा बिमेल हुँदा सिंगो पार्टीमै समस्या आउने उल्लेख गर्दै एकतामै जोड दिन पार्टी कार्यकर्तालाई आग्रह गरे ।

    images
    images
    images

    काँग्रेस तिलोत्तमा वडानम्बर १६ मा भएको क्रियाशिल सदस्य नविकरण तथा वडा सम्मेलनको उद्घाटन गर्दै रुपन्देहीका पुर्व सभापति समेत रहेका रज्जाकले आउने ८४ को निर्वाचनमा पहिलो पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित बनाउने गरि लाग्न सबै कार्यकर्तालाई आग्रह गरे ।

    images
    images
    images

    कार्यक्रममा रुपन्देही सभापति तथा तिलोत्तमाका मेयर रामकृष्ण खाँणले प्रजातन्त्रको रक्षाकालागि गुठको राजनीति त्याग्नु पर्नेमा जोड दिए । उनले मुलुकको विकासको बागडोर कांग्रेसले मात्र सम्हाल्ने भएकाले पार्टीलाई बलियो बनाउने तर्फ लाग्नु पर्ने बताए ।

    images
    images
    images


    कार्यक्रममा क्षेत्रीय सभापति तथा देवदहका पुर्व मेयर हिराबहादुर खत्रीले सदस्यहरुको क्रियाशिलताले पार्टीलाई मजबुद बनाउने हुँदा नविकरण र सदस्यतावृद्धिमा ध्यान दिन आग्रह गरे । उनले पार्टिलाई चलायमान, गतिशील, आकर्षक र थप प्रभावकारी बनाउन सबैको भुमिका महत्वपुर्ण हुने विश्वास ब्यक्त गरे ।

    तिलोत्तमा १६ काँग्रेसका वडा सभापति तथा वडाध्यक्ष झवी भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका संक्रिय सदस्य भुवन नेपाललगायत ३० जना एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेको क्षेत्रीय सभापति खत्रीले जानकारी दिए ।

    पार्टी प्रवेशपछि आफ्ना धारणा राख्दै नेपालले काँग्रेस ठुलो गौरव बोकेको पार्टी भएकाले यसको प्रवेशले आफुलाई खुशी मिलेको उल्लेख गर्दै काँग्रेसको गौरव बढाउनकालागि निर्णायक भुमिका खेल्ने विश्वास ब्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अब्दुल रज्जाक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।