Logo

२०८३, श्रावण ३०गते


images
images

युवा लक्षित सीप तथा उद्यमशीलता पहिलो प्राथमिकता: रज्जाक

युवा लक्षित सीप तथा उद्यमशीलता पहिलो प्राथमिकता: रज्जाक

images
  • युवा लक्षित सीप तथा उद्यमशीलता पहिलो प्राथमिकता: रज्जाक
    images
    images

    रुपन्देही। आसन्न मंसिर ४ को निर्वाचनमा लोकतान्त्रिक-बाम गठबन्धन बाट रुपन्देही १(२) प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेता अब्दुल रज्जाकले युवा लक्ष्यित सीप तथा उद्यमशीलता विकास गर्न प्राथमिकता दिने बताएका छन् ।

    images
    images
    images

    शनिबार रोहिणीमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै रुपन्देही १(२) का उम्मेदवार रज्जाकले सीप तथा उद्यमशीलता विकास गर्न आधुनिक यन्त्र, उपकरण संचालन तथा मर्मत सम्बन्धि तालिमहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

    images
    images
    images

    रोजगार सहजताका लागि रोजगार सूचना केन्द्रको निर्माण गर्दै रोजगारीको अवसर सृजना गर्न उद्योग कलकारखाना स्थापना देखि अन्य अवसरको पहिचान गरि क्षेत्रलाई समृद्धिको दिशामा लैजान आफू प्रतिबद्ध रहेको समेत रज्जाकले बताए।

    images
    images
    images

    घरदैलो अभियान अन्तर्गत शनिबार रोहिणीको ५,६ र ओमसतियाको वडा नम्बर ७ मा मतदाता भेटघाट अभियान सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर केसीले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अब्दुल रज्जाक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।