रुपन्देही । लोकतान्त्रक-वाम गठबन्धनका क्षेत्र नं. १ (२ ) का उम्मेदवार अब्दुल रज्जाकले जनताको समस्या समाधानका लागि निर्वाचित भएपछि जनताकै घरमा बास बस्ने बताएका छन् । मंगलबार तिलोत्तमा नगरपालिकामा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै नेता रज्जाकले आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिई जनतासंग परामर्श गरेर काम गर्ने बताए ।
आफु २०७० मा निर्वाचित हुँदा सुरु गरेका भौतिक निर्माणका योजनाहरुमध्य धेरै योजना पुरा हुन नसकेकोले ती आयोजनाहरूलाई आफु निर्वाचित भए पछि पहिलो प्राथमकितामा राखेर काम गर्ने बताए ।
जनताका समस्यासंग आफू जानकार भएको बताउदै रज्जाकले अब देश बनाउने जिम्मा लोकतान्त्रिक वाम गठबन्धनको काँधमा आएको बताए ।
मतदाताबाट आएको सकारात्मक प्रतिक्रियाले आफु उत्साहित भएको रज्जाकको भनाइ छ ।
घर दैलो अभियान अन्तर्गत मंगलबार तिलोत्तमाका ७,१० , १५ र ओमसतियाको वडा नम्बर ५ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटिका संयोजक हिरा बहादुर केसीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology