Logo

२०८३, श्रावण ३०गते


images
images

पद, पैसा र प्रतिष्ठाको लागि मरिहत्ते गर्नेलाई चार पत्रकारको चड्कन, पदक नै अस्विकार

पद, पैसा र प्रतिष्ठाको लागि मरिहत्ते गर्नेलाई चार पत्रकारको चड्कन, पदक नै अस्विकार

images
  • पद, पैसा र प्रतिष्ठाको लागि मरिहत्ते गर्नेलाई चार पत्रकारको चड्कन, पदक नै अस्विकार
    images
    images

    काठमाण्डाै । पद, पैसा र प्रतिष्ठाको लागि मरिहत्ते गर्ने नेपाली समाजमा केही यस्ता व्यक्तिहरू पनि छन् जसले ती चीजलाई सामान्य ठान्छन् र अस्विकार नै गर्ने हिम्मत राख्दछन । तिनै कर्मजीवी मध्य पर्छन् ४ पत्रकारहरू - कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र कार्टुनिस्ट रविन सायमी । जसले राज्यले दिएको पदक अस्विकार गरे र ढोंगी समाजलाई चड्कन दिने साहस गरे ।

    images
    images
    images


    संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा दिईने पदक पत्रकार कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र कार्टुनिस्ट रविन सायमीले पदक नलिने घोषणा गरे  । उनीहरूले पदकको वितरण न्यायपूर्ण, विवेकपूर्ण र पारदर्शी हुनुपर्नेमा त्यसो नभएकोले नलिने बताएका छन् । 

    images
    images
    images


    देश र समाजको सकारात्मक परिवर्तनमा भूमिका खेल्नेहरूलाई इज्जत र प्रतिष्ठाका साथ दिइने मान पदवी अहिले पञ्चायती शैलीमा वितरण गर्न लागिएको भन्दै उनीहरूले आलोचना समेत गरेका छन् । 

    images
    images
    images


    यस पटक नाै सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक घोषणा भएको छ । सरकारले सबैभन्दा माथिल्लो विभूषण नेपाल रत्न स्वर्गीय कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई, दोस्रो ठूलो विभूषण राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशम्शेर (मरणोपरान्त) लाई र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ ।


    यस पटक विभिन्न दल निकटका व्यक्ति र संस्थादेखि पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालसम्मलाई पदक तथा विभूषणको घोषणा भएको छ ।


    यसो त यो पटक मात्रै होइन गत बर्षपनि पदक वितरणमा विवाद आएको थियो । गतसाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी लगायत आफ्नो पक्षमा लेख लेख्नेलाई समेत पदक दिईएको भन्दै विरोध भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।