Logo

२०८३, श्रावण ३०गते


images
images

आज देशभर १ हजार ९५ जना कोरोना संक्रमित थपिए

आज देशभर १ हजार ९५ जना कोरोना संक्रमित थपिए

images
  • सेतोमसी सहकर्मी
  • आज  देशभर  १ हजार ९५ जना कोरोना संक्रमित थपिए
    images
    images

    काठमाडौँ । देशभर आज कोरोना सङ्क्रमणबाट २ हजार ९ सय ५७ जना मुक्त भएका छन् । 

    images
    images
    images

    योसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ५२ हजार १ सय ७० जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९५ दशमलव ८ प्रतिशत रहेको छ । 

    images
    images
    images

    यसैगरी आज देशभर १ हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ७ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ सय ७५ जना तथा ३ हजार ३१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय २० जना गरी जम्मा १ हजार ९५ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    आज कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८ जना पुगेको छ । 

    देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २२ हजार ३ सय २३ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

    जसमा ३ सय ७१ जनाले आइसियु र १ सय ८ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

     

    No photo description available.

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।