Logo

२०८३, श्रावण ३०गते


images
images

रोग भन्दा भोक ठूलो : काम खोज्न दैनिक हुलका-हुल नेपाली भारत तर्फ जादै

रोग भन्दा भोक ठूलो : काम खोज्न दैनिक हुलका-हुल नेपाली भारत तर्फ जादै

images
  • रोग भन्दा भोक ठूलो : काम खोज्न दैनिक हुलका-हुल नेपाली भारत तर्फ जादै
    images
    images

    नेपालगञ्ज। भारत र नेपाल दुबै देशमा कोरोना संक्रमण घट्दै गएपछि फेरी एक पटक ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि भारत जान थालेका छन् । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका हजार भन्दा बढी युवा दैनिक रोजगारीका लागि भारततर्फ गैरहेको यहाँस्थित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख सई सन्तोष खनालले केही दिन यता आएर फेरी दैनिक भारतजाने नेपालीको लर्को सीमानामा लागिरहेको बताउनुभयो । उहाँले अहिले दैनिक एक हजार भन्दा बढी नेपाली युवा कामका लागि भारततर्फ गैरहेको जनाउनुभयो ।

    images
    images
    images

    जमुनाह प्रहरीका अनुसार केही समय अघिसम्म भारतबाट फर्किने नेपालीको संख्या बढी थियो भने अहिले फेरी भारत जानेको संख्या अत्याधिक बढेको छ । कोरोना पुर्ण रुपमा नियन्त्रणमा नआएपनि नेपालमा काम नपाएपछि बाध्य भएर फेरी कामका लागि भारत जानु परेको सीमानामा भेटिएका अधिकांश युवाको भनाई छ ।

    images
    images
    images

    भारतमा कोरोना बढेपछि तीन महिना पहिले मात्रै नेपाल फर्किएका जाजरकोट पाँचकाटियाका रमेश बहादुर सिंहले स्वदेशमा कुनै काम नै नपाएर भोकै बस्ने अवस्था आएपछि बाध्य भएर फेरी भारत जान थालेको बताउनुभयो ।

    उहाँले कोरोनाको त्रास बाँकी नै रहेपनि खान नपाउने अवस्था आएपछि मृ'त्युको परवाह नगरि भारत जान थालेको बताउनुभयो । सिंहसंगै १६ जना युवा भारतको गुजरात गाँधीनगरतर्फ लागेका हुन् ।

    यस्तै सल्यान थारमारेका राजकुमार थापाले आफ्नो देशमा काम र माम पाईएको भए अर्काको देशमा हन्टर खान जाने शौख कसलाई नभएको बताउनुभयो । उहाँले कोरोनाले भन्दा खान नपाएर ज्यान जाने खतरा बढेपछि ज्यान हत्केलामा राखेर भारतको यात्रामा निस्किएको बताउनुभयो ।


    सोही प्रकारले कालिकोट मान्मका काले तामांगले आफ्नो देशमा आफन्तहरुसंग बस्ने तथा रमाउने रहर सबैलाई हुने बताउँदै तर रोजगारीको अभावले जवानी भारतमा बिताउने आफुहरुको नियतिनै बनिसकेको बताउनुभयो ।

    नेपालमा बसेर दैनिक गुजारा गर्ने समस्या भएपछि बाध्य भएर कामका लागि भारतीय भूमी रोजेको नाकामा भेटिएका अधिकांश युवाको दुखेसो छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।