Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

images
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
    images
    images

    काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको हो । 

    images
    images
    images

    बिहीबार प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा खरिदबिक्री हुने महासङ्घले जनाएको छ । 

    images
    images
    images

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला  एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको भइरहेको छ । 

    images
    images
    images

    अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य दुई हजार सात सय १४ दशमलव ९८ अमेरिकी डलरमा कायम भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।