Logo

२०८३, श्रावण ३०गते


images
images

केरवानी माविले मनायो ७१ औँ वार्षिकोत्सव : उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

केरवानी माविले मनायो ७१ औँ वार्षिकोत्सव : उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

images
  • केरवानी माविले मनायो ७१ औँ वार्षिकोत्सव : उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालयले ७१ औँ वार्षिकोत्सव मनाएको छ । बि. स. २०१० माघ १५ गते स्थापना भएको विद्यालयले मंगलबार एक समारोहबिच ७१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

    images
    images
    images

    वार्षिकोत्सव समारोहमा बोल्दै लुम्बनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धर्मेन्द्र कार्कीले शिक्षा क्षेत्रमा विविध समस्या रहे पनि गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । "शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय तालमेलसँगै कुसल व्यवस्थापन भएमा विद्यालयको नतिजा राम्रो हुन्छ ।" मन्त्री कार्की भने, "लुम्बिनी प्रदेशभित्र रहेका केही विद्यालयहरु देशकै प्रतिष्ठित विद्यालयको रुपमा स्थापित छन् । यो हाम्रो लागि गौरवको विषय हो ।"

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले विद्यालयको सामाजिक परीक्षण, लेखा परीक्षण, विद्यालयका असल अभ्यास,  सम्पादन भएका कार्यहरु र भावी योजनालाई विद्यालयको वार्षिक प्रतिवेदनमा समावेश गरि प्रस्तुत गरे । कार्यक्रममा विद्यार्थीको तर्फबाट संस्कृति घर्ती, अभिभावकको तर्फबाट राजाराम ज्ञवालीले बोल्दै केरवानी मावि अवसर र सम्भावनाको केन्द्र रहेको बताए । 

    images
    images
    images

    कार्यक्रममा लुम्बनी प्रदेशसभा सदस्य निर्मला चौधरी, देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हीराबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बञ्जाडे, देवदह नगरपालिकाका नगर प्रवक्त्ता गणेश डुम्रे,  देवदह नगरपालिकाका शिक्षा अधिकृत परशुराम ढकाल, देवदह सामुदायिक विद्यालय परिवारका अध्यक्ष ऋषिश्वर अर्याल,  देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, विद्यालयका पूर्व प्रधानाध्यापक मित्रलाल न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    विद्यालयको वार्षिकोत्सब समारोहमा विविध क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । गतवर्षको एसइइ परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थी कृष्टिना न्यौपानेलाई विद्यालयले १३ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । बाल कक्षादेखि १२ सम्म उत्कृष्ट जिपिए प्राप्त गर्ने करिव ५० जना विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषबाट नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जनाइएको छ । 

    त्यसैगरी उत्कृष्ट शिक्षक-कर्मचारीलाई पनि सम्मान तथा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । जसमा उत्कृष्ट वर्ष शिक्षक पुरस्कारबाट कमलप्रसाद ज्ञवाली पुरस्कृत भएका छन् भने कम विदा लिई नियमित कार्य सम्पादनतर्फ उत्कृष्ट भएको भन्दै अर्जुन गौतम सम्मान गरिएको छ । 

    शैक्षिक क्षेत्रमा सक्रिय दीर्घ सेवा गर्ने भीमदेव ढकाल, कम्प्युटर अपरेटर खडगबहादुर सारु, सुस्त श्रवणतर्फ कार्यरत शिक्षक कुन्तिकला ओझा, कार्यालय सहयोगी लक्ष्मण चौधरी, प्रगति केन्द्रमा कार्यरत कार्यालय सहयोगी मिना रेग्मी र विद्यालयमा नियमित उपस्थित हुने अभिभावक भक्तबहादुर थापालाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

    वार्षिकोत्सबकै अवसरमा संस्थागत सहयोग गर्ने वडा नं ५ को कार्यालय, शैक्षिक गुणस्तर अभिवृद्घिका लागि विद्यालय परिवारलाई नियमित प्रशिक्षण प्रदान गर्ने शिक्षा अधिकृत परशुराम ढकाल, छिमेकी विद्यालयका रुपमा सहकार्य तथा सहयोग गर्ने युगज्योति माध्यमिक विद्यालय परिवार लगायत विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको जनाइएको छ ।

    विद्यालयका कार्यवाहक अध्यक्ष विरेन्द्र पाण्डेको अध्यक्षता, शिक्षक यज्ञप्रसाद न्यौपाने र हीरण्यलाल लम्सालको सञ्चालन र सहायक प्र.अ.खेमानन्द ज्ञवालीको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यालयका सङ्गीत प्रशिक्षक तेजु अर्यालको संयोजनमा विद्यार्थीहरुले नृत्य, गायन र बाद्यबाधन कला प्रस्तुत गरेका थिए भने स्काउट मास्टर अर्जुन गौतम र तारा चौधरीको संयोजनमा विद्यार्थीहरुले ड्रससेटसहित मार्चपास गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।