Logo

२०८३, श्रावण ३०गते


images
images

हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक

हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक

images
  • हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक
    images
    images

    गाजा । प्यालेस्टाइनको विद्रोही समूह हमासले बिहीबार थप बन्दीलाई छाडेको छ । हमासले गाजा क्षेत्रमा आयोजित एक कार्यक्रमबीच इजरायलका तीन र थाइल्यान्डका पाँच नागरिकलाई छाडेको हो ।

    images
    images
    images

    हमासले ४८२ दिन आफ्नो कब्जामा राखेपछि इजरायलका २९ वर्षीया अर्बेल एह्युद, ८० वर्षीय गदी मोसेस र २० वर्षीय अगम बर्गेरलाई बिहीबार रिहा गरेको हो ।

    images
    images
    images

    उनीहरूसँगै ५ जना थाई नागरिकलाई पनि हमासले रिहा गरेको छ। एक भिडियोमा २९ वर्षीया अर्बेल एह्युदलाई हमासका लडाकुले डोर्‍याएर रेडक्रसको गाडीतिर लाँदै गरेको देखिएको छ । खुट्टा खोच्याइरहेकी उनलाई हमासका लडाकुले स-सम्मान गाडीतर्फ डोर्‍याएको भिडियो अहिले भाइरल भएको छ।

    images
    images
    images

    हमासले गाजा स्ट्रिपबाट अन्तर्राष्ट्रिय रेडक्रसलाई जिम्मा लगाइएका उनीहरूलाई इजरायली सेनाले हेलिकप्टरमा हालेर लगेको छ ।

    यी बन्दीलाई रिहा गर्दा हमासका सयौँ लडाकु र प्यालेस्टाइनका नागरिक गाजा स्ट्रिपमा जम्मा भएका थिए ।

    यता २०२३ अक्टोबर ७ मा उनीहरूसँगै लगिएका नेपाली युवा विपिन जोशीको अवस्था अझै एकीन भएको छैन । जेरूसेलम पोस्टले विपिनसहित अन्य विदेशी नागरिक हमासको कब्जामा रहेको बताए पनि यसको पुष्टि भएको छैन ।

    हमासले विपिनसहितलाई कहिले रिहा गर्छ भन्ने कुरा पनि अझै एकीन भएको छैन । सम्भवत: रिहा गर्ने अर्को सूची सार्वजनिक हुँदा विपिन पर्न सक्ने विश्वास छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हमास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।