Logo

२०८३, श्रावण ३०गते


images
images

हमाससँगको सम्झौता हाम्रो कूटनीतिक सफलता हो : नेतान्याहू

हमाससँगको सम्झौता हाम्रो कूटनीतिक सफलता हो : नेतान्याहू

images
  • हमाससँगको सम्झौता हाम्रो कूटनीतिक सफलता हो : नेतान्याहू
    images
    images

    काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा शान्ति सम्झौताको पहिलो चरणमा हमास र इजरायलबीच भएको सम्झौतालाई 'इजरायलको लागि ठूलो दिन' भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    नेतान्याहूले सम्झौतालाई अनुमोदन गर्न र इजरायली बन्धकहरूलाई घर फिर्ता ल्याउन सरकारको बैठक बोलाउने बताए । उनले भनेका छन्- 'योजनाको पहिलो चरणको अनुमोदनसँगै, हाम्रा सबै बन्धकहरूलाई घर ल्याइनेछ । यो कूटनीतिक सफलता र इजरायलको लागि राष्ट्रिय र नैतिक विजय हो । हाम्रा साथी, राष्ट्रपति ट्रम्पको अथक प्रयासका कारण हामी यो महत्वपूर्ण मोडमा पुगेका छौं ।'

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै नेतान्याहूले भनेका छन्- 'म राष्ट्रपति ट्रम्पलाई उनको नेतृत्व, साझेदारी र इजरायलको सुरक्षा र हाम्रा बन्धकहरूको स्वतन्त्रताप्रतिको अटल प्रतिबद्धताको लागि धन्यवाद दिन्छु ।'

    images
    images
    images

    यस अघि गएराती इजरायल र हमासबीच ट्रम्पको शान्ति योजनाको प्रस्तावमा पहिलो चरणमा हस्ताक्षर गरेका थिए । पहिलो चरणमा हस्ताक्षर गरेपछि अब सबै बन्धकहरूलाई चाँडै रिहा गरिने  र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउन सहमत भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।