Logo

२०८३, श्रावण ३०गते


images
images

नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

images
  • नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट
    images
    images

    काठमाडौँ । गाजामा नरसंहारको आरोपमा टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । रिपोर्ट अनुसार, टर्की सरकारले शुक्रबार नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको हो ।

    images
    images
    images

    इजरायलले यसको कडा विरोध गरेको छ । इजरायली विदेशमन्त्री गिदोन सारले इजरायलले यी आरोपहरूको कडा निन्दा गर्ने बताउदै सबै आरोप पूर्ण रूपमा अस्वीकार गरेको बताएको छ ।

    images
    images
    images

    उनले भने 'यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको नयाँ जनसम्पर्क अभ्यास हो ।'इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्तिमा कुल ३७ संदिग्धहरू विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको छ । यद्यपि, पूर्ण सूची जारी गरिएको छैन । यसमा इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर समावेश रहेको बताइएको छ । टर्कीले यी अधिकारीहरूलाई 'नरसंहार र मानवता विरुद्धको अपराध' गरेको आरोप लगाएको छ । टर्कीले इजरायलले गाजामा 'व्यवस्थित नरसंहार' गरेको बताएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेन्जामिन नेतान्याहू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।