कृष्ण अन्जान, रुरु । जीवनका एकतिसौँ वसन्तमा पाईला चाल्दै गरेका युवा गम्भीर श्रेष्ठ एका विहानै योगको माध्यम बाट जिउने कला सिकाउँदै गरेको भेटिन्छन । यो उनको दिनचर्या हो ।
जीवन के हो र कसरी जीवन जिउने आधुनिक युगका मान्छेहरु अनभिज्ञ छन तर आधुनिक युगका मान्छे गम्भीर भने तिनै आधुनिक युगका मान्छे हरुलाई जीवन जिउने पाठ पढाउँदै छन ।

२०४६ साल फागुन १७ गते अर्घाखाँचिको डिभर्नामा बाबा नारायण प्रसाद श्रेष्ठ र आमा सिर्जना श्रेष्ठको कोखबाट जन्मिएका गम्भीर श्रेष्ठ वास्तविक जीवनमा पनि योगी जस्तै गम्भीर छन । प्रारम्भिक शिक्षा अर्घाखाँचि हुँदै बुटवल र उच्च शिक्षा काठमाडौ हुँदै दिल्लीमा लिएका गम्भीरलाई दिल्लीले योग तिर आकर्षण गर्यो । चार्टर एकाउन्टेन्टको अध्ययनका लागि दिल्ली रहँदा प्रध्यापक पि ए साथुरको उत्प्रेरणाले उनी योग तिर मात्र तानिएनन दिल्लीमा योग साधनाले उत्प्रेरित हुँदै अँगारमा खालि खुट्टा हिँडेपछि स्थानीय मिडियामा उनी चर्चामा रहे । सानैदेखि समाजमा परिवर्तन ल्याउनु पर्छ भन्ने मेरो सोच थीयो अर्घाखाँचिमा जन्मे पनि म नयाँ केही गर्न चाहन्थेँ नैतिक बन्नु पर्छ र सबैका लागि जिउनु पर्छ भन्ने भावनाले मलाई योग तिर खिच्यो उनले भने ।

दिल्ली बाट चार्टड एकाउन्टको पढाइ सकेर नेपाल फर्किए पछि मुख्यतया नेपालका योगगुरु डाक्टर विकाशानन्द सँगको सान्निध्यतामा पुगेपछि उनले योग शिक्षामा अझै पारँगत हासिल गरेको बताउँछन । दृढ इच्छाशक्ति र निरन्तर लगनशीलताले गम्भीर लाई यसरी अगाडि बढायो कि उनी यतिबेला सिद्धहस्त योग साधक मात्र होइन् योग गुरु बन्न सफल भएका छन ।
निरन्तर साधना सँगै उनले योग क्षेत्रका खेलकुद हरुमा पनि राष्ट्रिय र अन्तराष्ट्रिय सफलता हासिल गरेका छन । राष्ट्रिय योग खेलकुद च्याम्पियनशिपमा स्वर्ण पदक बिजेता गम्भीर ले दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै दोस्रो हुन सफल भए भने अनेकौँ योग खेलकुदमा भाग लिएर सफलता हासिल गरेका छन ।

विश्व योग अलाईन्सबाट योग शिक्षकको प्रमाणपत्र लिईसकेका उनी दिल्लीबाट चार्टड एकाउन्टेन्ट र नेपालबाट बुद्ध दर्शनमा स्नातकोत्तर हुन । जागरण इन्टरनेसनल मार्फत योग शिक्षा दिईरहेका उनले नेपालमा कोरोना सँक्रमण शुरु भएसँगै दैनिक विहानमा सामाजिक सन्जाल मार्फत योग कक्षा सन्चाल गरिरहेका छन र यसरी योग कक्षा सन्चालन गर्ने जागरण फाउण्डेसन पहिलो सँस्था हो । पुर्विय सभ्यताको विश्वलाई धेरै कुराको देन र त्यसमध्ये योग पनि एक हो जस्ले मान्छेलाई जिउने कला सिकाउँछ योग प्रशिक्षक गम्भीर श्रेष्ठको भनाई छ ।
मान्छे खुशि र शुखि रहनुपर्छ यसका लागि याेग ध्यान र साधनाले मात्र समस्त मानव जाती स्वस्थ शुखि र खुशि रहन सक्छ यहि मान्यतामा यतिवेला पथप्रदर्शकको रुपमा युवा योग प्रशिक्षक गम्भीर श्रेष्ठ निरन्तर योग साधना र प्रशिक्षणमा खटिई रहेका छन ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology