बुटवल । महाशिवरात्रीकाे अवसर पारेर जागरण ईन्टरनेशनले जागरण याेग अभियानकाे दुई सय तिसौँ श्रृङखलालाई महाशिवरात्री विशेषकाे रुपमा आयाेजना गरेकाे छ ।
जागरण याेग अभियानकाे महाशिवरात्री विशेष कार्यक्रममा प्रमुख अतिथीकाे रुपमा बाेल्दै पत्रकार कृष्ण अन्जान ज्ञवालीले याेग जीवन जिउने कला भएकाे बताए । याेग पुर्विय सभ्यताले विश्वलाई दिएकाे देन भएकाे र पछिल्लो चरणमा पश्चिमीहरुले समेत यसलाई अनुशरण गरेकाे ज्ञवालीको भनाइ थियो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका कृष्ण अन्जान ज्ञवालीले काेभिड अत्यन्तै कठिन अवस्थमा पनि जागरण ईन्टरनेशनलले निरन्तर जुम प्रविधिबाट याेग सिकाउँदै मानवताकाे काम गरेकाे र याेगलाई जनमानसमा सम्म पुर्याउन जागरण ईन्टरनेशनलका याेग गुरु गम्भीर श्रेष्ठको याेगदान अतुलनिय रहेकाे उल्लेख गरे ।
सोही कार्यक्रममा आफ्ना धारणा राख्दै याेग गुरु गम्भीर श्रेष्ठले याेग जीवनका लागि अत्यावस्यक भएकाे बताए । याेगकाे माध्यमबाट धेरै राेगहरुकाे निदान समेत हुने उल्लेख गर्दै काेभिडकाे महामारीमा पनि निरन्तर जागरण याेग अभियान चलाएर सबैमा आत्मवल बढाउन केही हद सम्मकाे प्रयास आफुले गरेकाे याेग गुरु गम्भीर श्रेष्ठको भनाई थियाे ।
लामाे समय याेगकाे ज्ञान लिएका युवा गम्भीर श्रेष्ठ मनाेक्रान्ति अभियानमा पनि सँलग्न छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology