रमेश बहादुर सिह, बझाङ । बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ६ चुवानका वडाध्यक्षले गरेका हर्कतको बारेमा हामीलाई गुनासो आइसके पछि दुर्गाथली गाउँपालिका – ६ चुवानमा सत्यतथ्य जानकारी लिनको लागि त्यहाँ पुगे।
देशमा संघीयता आए सँगै स्थानीयवासीहरूको मुहारमा खुसी पनि आएको रैछ । लोकतान्त्रिक पद्धतिमा मल्टि पार्टी सिस्टम र हार जित हुने एक प्रक्रिया हो । उनीहरूले सोचिरहेका थिए अब हाम्रो पहुँच भन्दा पनि टाढाको अधिकार गाउँमा आयो । तर स्थानीयले सोचेको भन्दा फरक छ । राज्यले बनाएको नीति राम्रो छ सिंहदरवारको अधिकार गाउँगाउँमा भनेको तर सिंहदरवार बाट गाउँमा सिंहमात्र आए अधिकार आएन । यसकै सिकार बनेको छ जिल्लाकै विकट मानिने चुवान गाउँ चुवानकि पाला देवी जाग्री भन्छिन् ।
गाउँमा दरबारबाट अधिकार नआई सिंहमात्र आए अहिले जनतालाई तर्साउँदै छ । उनले भनिन, “गाउँमा सरकार आयो भनेर खुसी पनि भएका थियौ । अब महिलाहरूको अधिकारको बारेमा वकालत गर्छ भनेर ढुक्क थियौ । २०७४ सालको निवार्चन पछि वडाअध्यक्षका रुपमा धिरज जाग्री आइसके पछि अहिले बाघ भएर दिनानु दिन तसाउर्ने काम गरेको छ ।” गाविसहरू हुदाँ महिलाको नाममा विभिन्न खाले जनचेतना मूलक कार्य गर्नको लागि पैसा आउन्नथ्यो । अहिले स्थानीय सरकार आए पछि झन् महिला लाई पछाडि पारिदै छ ! महिलाहरूको अधिकार हनन गरेको छ ।
सोही गाउँपालिका वडा नम्बर ६ बस्ने कमला देवी धामीले भनिन् स्थानीय सरकार आए पछि भन्न बोल्न नपाएको बताइन ।आफ्नो पार्टीका कार्यकर्तालाई आएका योजनाहरूको काम गर्न लगाउने र अरु पार्टीको लाई काम गर्न नदिने र काम गर्न गए पछि आफै योजनाहरू ल्याएर खाउँ भनेर धम्काउने गरेको जाग्रीको भनाई छ । उनले भनिन, “हामी गाउँका सबै महिलाहरूले सर्वदानमा महिलाहरूको बैठक बस्ने एउटा आफै भवन लगायौ । पछि हामीले भवनमा लगाएको ताला काटी वडा कार्यालय राख्यो ।
हामी महिलालाई मासिक तपाईंको भवनको भाडा तिरेर बस्ने भने पछि हामीले पनि ठीकै छ भन्यौ । वडा सरकार पनि हामै्र लागि हो भनेर सोच्यौ । अहिले सम्मको भाडा पनि दिएको छैन् । महिला भवनको भाडा मागे उल्टै धम्काएर मुद्दा गर भन्ने गरेको दुखेसो पोखिन् । गाउँपालिकाले वडा कार्यालयको भाडा भनेर मासिक ६ हजारका दरले छुट्याएको भए पनि सम्बन्धित महिलाहरूले भने आफ्नो महिला भवनको भाडा नपाएको बताए ।” आलटाल र पावरको दबदबा देखाउँदै अहिले सम्मको भाडा पनि वडा अध्यक्षले खाएको आरोप लगाएकी छन् । यता वडाध्यक्ष भने स्थानीयले लगाएका सबै आरोपहरू झुटा भएको बताए ।
उनले भने महिला भवनमा वडा कार्यलय छ । तर गाउँपालिका बाट वडा कार्यलयको भाड भनी छुट्टयाएको रकम वडा सचिव र सामाग्री राख्नको लागि लिएको २ कोठाको भाडा तिर्दै आएको बताए । हामी सँग आफ्नै भवन छैन् बिकट ठाउँ भएकोले हामीले जेनतेन काम चलाई रहेका छौ । म लाई लगाएका आरोपहरू सबै झुटा हुन । वडाध्यक्षले एकलौटी राज गर्ने केहि बोलौ भने उल्टै गाउँपालिका सम्मको धाक धम्की दिने त्यहि डरले पनि हामी आपसमा झगडा गर्नु हुदैन भनेर चुप लागेर बस्यौ ।
आज तपाईहरु हाम्रो ठाउँमा आएर हामीले गुनासा गर्न पाएको नेकपा एमालेका वडा कमिटी अध्यक्ष धन बहादुर धामीले बताए । जुनसुकै राजनीति धारबाट आए पनि पदभार भैसके पछि स्वतन्त्र हुन पर्नेमा स्थानीय सरकारले त्यस्तो हर्कत देखाउनु समाजको लागी घातक पनि हो । सोही वडामा भएगरेका अन्य सामाग्रहरु पनि छन् । हामी समाजको लागि निरन्तर प्रमाण सहित लागिरहेका छौ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology