Logo

२०८३, श्रावण ३०गते


images
images

गल्फ देशहरुमा गैरकानूनी रुपमा गएका महिला श्रमिकको अवस्था जोखिमपूर्ण छः परराष्ट्रमन्त्री राणा

गल्फ देशहरुमा गैरकानूनी रुपमा गएका महिला श्रमिकको अवस्था जोखिमपूर्ण छः परराष्ट्रमन्त्री राणा

images
  • गल्फ देशहरुमा गैरकानूनी रुपमा गएका महिला श्रमिकको अवस्था जोखिमपूर्ण छः परराष्ट्रमन्त्री राणा
    images
    images

    काठमाडाैँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गल्फ कर्पोरेशन काउन्सिल (जिसिसी) अन्तर्गतका देशहरूमा गैरकानूनी रूपमा गएका नेपाली श्रमीकहरूको सुरक्षा जटिल बनिरहेको बताएकी छन् ।

    images
    images
    images

    बिहीवार ओमानको मस्कटमा आयोजित आठौं हिन्द महासागर सम्मेलनमा भाग लिएर स्वदेश फर्किएकी मन्त्री राणाले उक्त समस्या समाधानका लागि विज्ञ समूह बनाएर काम अघि बढाउने बताएकी हुन् । नेपालका राजदुतहरूसँग भर्चुअल बैठक बसेर उक्त समस्या समाधान गर्न काम अघि बढाउने बताइन् ।

    images
    images
    images

    उनले गल्फ देशहरूमा गैरकानूनी रुपमा पुगेका नेपाली महिला श्रमीकहरू बढी असुरक्षित रहेको पनि बताइन् । उनीहरूलाई उद्धार गर्न सरकार र त्यहाँस्थित राजदुतावासले पनि धेरै काम गर्नुपर्ने जरुरी रहेको उल्लेख गरिन् ।उनले नेपालबाट चिकित्सक, इन्जियिनर लगायतका दक्ष जनशक्तिहरु धेरै पुगेको तर दक्ष जनशक्तिलाई पनि अदक्ष जनशक्तिकै जस्तो प्रक्रियामा समावेश गर्दा समस्या परिरहेको बताइन् ।

    images
    images
    images

    उनीहरूलाई कम्तिमा दुई वर्षको भिसा समय हुनुपर्ने व्यवस्थाले छोटो समयको लागि जानुपर्दा भिसा नपाउने समस्या रहेको बताइन् । उनले उच्च अध्ययनका लागि विदेश जाने कानूनी र गैरकानूनी विद्यार्थीको अध्यागमन तथ्यांक गृह मन्त्रबालयसँग माग्ने बताइन् । पर्यटक भिसामा जानेहरुको तथ्यांक पनि माग्ने बताउनु भयो । प्रदेश स्तरमै भिसा दिनसक्ने व्यवस्था गर्नेगरी अघि बढ्न जरुरी रहेको बताइन् । इरानका परराष्ट्रमन्त्रीको बारेमा विपिन जोशीको रिहाईको बारेमा पहल गर्न आग्रह गरेको बताइन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।