Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

images
  • इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र इरानमा रहेका ८८५ जनाले अहिलेसम्म विवरण भएको जानकारी दिएकी छन् ।

    images
    images
    images

    प्रतिनिधि सभामा मन्त्रालयको बिनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राणाले अहिलेसम्म इजरायल र इरानमा रहेका ८८५ जनाले आफ्नो विवरण भरेको जानकारी दिएकी छन् ।

    images
    images
    images

    सरकारले इजरायल र इरानमा भएका घटनाको सम्भावित प्रभावलाई गम्भीरतापुर्वक लएर काम गरिरहेको मन्त्री राणाले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्चतम सतर्कता अपनाउन आग्रह गररहेको बताएकी छन ।

    images
    images
    images

    मन्त्री राणाले नेपाली नागरिकको विवरण लिन शुरु गरको र अब केहि दिनमा श्रम सञ्चार एप सार्बजनिक गर्ने र त्यसमा कानुनी र गैरकानुनी तरिकाले विश्वका विभिन्न देशमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्ने अभियान चलाउने जानकारी दिएकी छन् ।

    मन्त्री राणाले १६ जना नेपाली इरानमा रहेको बताउदै ११ जना मसाद भन्ने स्थानमा रहेको र उनीहरु भोलीसम्म भारतको दिल्लीमा आइपुग्ने जानकारी दिएकी छन् । त्यस्तै इरानको जेलमा हाल पाँच जना गैरकानुनी रुपमा इरान पुगेका नेपाली नागरिक रहेको र उनीहरुलाई यसै समयमा उद्धार गर्ने प्रयास भइरहेको बताएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।