Logo

२०८३, श्रावण ३०गते


images
images

नैतिकता छ भने एमाले सांसदहरू राजिनामा दिएर जनतामा जानुपर्छ : बाबुराम भट्टराई

नैतिकता छ भने एमाले सांसदहरू राजिनामा दिएर जनतामा जानुपर्छ : बाबुराम भट्टराई

images
  • नैतिकता छ भने एमाले सांसदहरू राजिनामा दिएर जनतामा जानुपर्छ : बाबुराम भट्टराई
    images
    images

     काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी गर्दै नैतिकताको आधारमा राजिनामा दिन चुनौती दिएका हुन् । 

    images
    images
    images


    सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा डा. भट्टराईले एमाले सांसदहरुले संसद अवरुद्ध गरेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिएका हुन् ।

    images
    images
    images


    अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्न नहुने जिकिर गरे ।  उनले भने, ‘जसले संसदलाई २/२ चोटी विघटन गर्छन्, ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ?'

    images
    images
    images


    आफुले माओवादी छोडेलगत्तै राजिनामा दिएको प्रशंङ्ग उल्लेख गर्दै उनले भने - 'मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभापछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिएँ । उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।