Logo

२०८३, श्रावण ३०गते


images
images

गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न इजिप्टको आग्रह

गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न इजिप्टको आग्रह

images
  • गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न इजिप्टको आग्रह
    images
    images

    एजेन्सी । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले गाजा पट्टीमा हमास र इजरायलबीच चलिरहेको युद्धविराम सम्झौतालाई पूर्ण र इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    दिगो युद्धविराम सुनिश्चित गर्न सम्झौताको दोस्रो चरण शुरु गर्न उनले आग्रह गरेका हुन् । पहिलो चरण पूरा भइसकेको हुनाले अब दोस्रो चरणमा छलफल र परामर्श शुरु गर्नुपर्ने उनको भनाइ छ ।

    images
    images
    images

    अन्तिम लक्ष्य युद्धविराम सम्झौतालाई कायम राख्नु रहेको बताए। अब्देलाट्टीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजामा सहायताको प्रवेश रोक्ने निर्णयको निन्दा गरे ।

    images
    images
    images

    गाजामा १५ महिनाभन्दा बढी समयदेखि चलिरहेको घातक द्वन्द्वपछि इजरायल र हमासले जनवरी १९ देखि युद्धविराम सम्झौता लागू गर्दै आएका छन् । युद्धविराम सम्झौताको पहिलो चरण शनिवार समाप्त भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा युद्धविराम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।