Logo

२०८३, श्रावण ३०गते


images
images

गाजा युद्ध

हमासले दुई बर्षपछि रिहा गर्यो २० बन्धक

हमासले दुई बर्षपछि रिहा गर्यो २० बन्धक

images
  • हमासले दुई बर्षपछि रिहा गर्यो २० बन्धक
    images
    images

    काठमाडौँ । हमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो ।

    images
    images
    images

    हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरन गरेको हो । पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो ।

    images
    images
    images

    इजरायली सेनाले १३ जना बन्धक हमासले रेडक्रसलाई हस्तान्तरण गरेको जानकारी दिदै उनीहरुलाई सेनाको ब्यारेकमा लगिन लागेको बताएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको राजधानी तेल अभिभ पुगेका छन् ।

    images
    images
    images

     उनले केहीबेरमा इजरायली संसदलाई सम्बोधन गर्दैछन् । त्यस्तै ट्रम्पले बन्धकका परिवारलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा युद्धविराम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।