काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अंक दिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले कार्यकारी निर्देशक घिसिङलाई पटक पटक स्पष्टिकरण सोधिएकोबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । सचेतक पाण्डेले घिसिङले प्राधिकरणलाई नाफामा लैजान मुख्य भुमिका खेलेको उल्लेख गर्दै सरकार हात धोएर उनको पछि परेको टिप्पणी गरे ।
‘जसले सधैं रकम उठाउने कुरा जो गरिरहनुभएको छ । त्यो करम उठाउने कुरामा पनि रोकावट बारम्बार जो आइरहेको छ ।’ पाण्डेले भने, ‘सरकारले यस्तो नगरोस् । यसका लागि हामी सरकारलाई रुलिङ गर्न समेत अनुरोध गर्न चाहन्छौं ।’
पाण्डेले सरकारले उद्योगहरुको वक्यौता उठाउन समेत रोक लगाइरहेको भन्दै त्यस्तो गर्न नदिन सभामुखसँग रुलिङको माग समेत गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology