काठमाडौं । युक्रेनमा युरोपेली सेनाको सम्भावित तैनाथीलाई द्वन्द्वमा नेटोको प्रत्यक्ष संलग्नताको रूपमा हेर्ने रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् । लाभरोभले यो कदमलाई रूसी संघ विरुद्धको युद्धमा नेटो देशहरूको प्रत्यक्ष, आधिकारिक र स्पष्ट संलग्नताका रुपमा चित्रण गरेका हुन् ।
युक्रेनमा यस्ता सेनाको उपस्थिति मस्कोलाई अस्वीकार्य हुने चेतावनी समेत उनले दिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले बुधवार शान्ति सम्झौता लागू गर्न युरोपेली सेना युक्रेन पठाउने विचार गर्ने घोषणा गरेपछि रुसी विदेशमन्त्री लाभरोभयो यस्तो टिप्पणी आएको हो ।
यद्यपि उनले सेनाहरू अग्रपंक्तिको लडाईमा संलग्न नहुने बताएका छन् । लाभरोभले युक्रेनलाई अमेरिकी सैन्य सहायता निलम्वन गर्नाले द्वन्द्व चाँडै अन्त्य गर्न मद्दत गर्नसक्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology