काठमाडौँ । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई देश निकाला गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रसूललाई देश निकाला गरेको जानकारी गराएका हुन् ।
‘हाम्रो महान देश संयुक्त राज्य अमेरिकामा अब दक्षिण अफ्रिकी राजदूतलाई स्वागत छैन ।’ उनले एक्स (ट्विटर) मार्फत राजदूत रसूलले अमेरिका र ट्रम्पलाई ‘घृणा’ गरेको आरोप लगाएका छन् । ‘इब्राहिम रसूल एक जातिवादी राजनीतिज्ञ हुन् जसले अमेरिका र अमेरिकी राष्ट्रपतिलाई घृणा गर्छन् । उनले भनेका छन्, ‘हामीलाई रसुलसँग कुनै कुरा गर्नु छैन ।’
दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनी दक्षिण अफ्रिकाप्रति कठोर बन्दै गएका छन् । त्यसको पछिल्लो कदम राजदूत रसूललाई गरिएको देश निकाला हो ।
फेब्रुअरीको सुरुमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहयोग रोकेको बिबिसिले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology