Logo

२०८३, श्रावण ३०गते


images
images

इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउनका लागि आवश्यक कानूनी र कुटनीतिक पहल गर्न माग

इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउनका लागि आवश्यक कानूनी र कुटनीतिक पहल गर्न माग

images
  • इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउनका लागि आवश्यक कानूनी र कुटनीतिक पहल गर्न माग
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सोपकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानूनी र कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपुर्ति दिन समेत माग गरे ।

    images
    images
    images

    दुई वर्षअघि रोजगारीका लागि इराक पुगेकी सिन्धुपाल्चोककी तामाङको चैत २ गते मृत्यु भएको हो । घरमा काम गर्दागर्दै भुइँमा ढलेकी तामाङलाई तत्काल उपचारका लागि अस्पताल लागिएकोमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो ।

    images
    images
    images

    गैरकानूनी बाटो हुँदै इराक पुगेकी उनी गम्भीर रोग र शारीरिक अवस्था कमजोर रहेका कारण उनलाई नेपाल ल्याउन दुई पटकसम्म एयरलाइन्सले स्वीकृति नदिएपछि हवाई टिकट रद्द गरिएको थियो । अब उनको शव नेपाल पठाउन करिव दुई महिना लाग्ने जनाइएको छ । नेपाल सरकारले प्रतिवन्ध लगाएको इराकमा करिव २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको एनआरएनएको तथ्यांक छ । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।