एजेन्सी । इराकको उत्तरी प्रान्त निनेभेको राजधानी मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्षित गरी मंगलबार राति लगातार छ पटक भएका मोर्टार आक्रमणमा धेरै घरमा क्षति पुगेको प्रहरीले बताएको छ। उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
गत जुलाई २० तारीख इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा टर्कीले गरेको बम आक्रमणमा ९ जना सर्वसाधारणको मृत्यु हुनुको साथै ३३ जना घाइते भएपछि मंगलबार राति उक्त आक्रमण भएको हो । टर्कीको सेनाले उक्त आक्रमण गरेको आरोप इराक सरकारले लगाएको छ भने टर्किले उक्त आरोप अस्वीकार गर्दै खन्डन गरेको छ ।
विदेशमन्त्री फुआद हुसेनले सरकारसँग टर्कीका सशस्त्र सेना जिम्मेवार रहेको "प्रमाण" रहेको बताएका छन । उनले सुरक्षा परिषदलाई टर्की सेनाको "फ्रन्ट आक्रामकता" भन्ने कुराको खोजी गर्न "अन्तर्राष्ट्रिय स्वतन्त्र छानबिन टोली" गठन गर्न आह्वान गरे ।
टर्कीको सेनाले इराकको कुर्दिस्तान तथा विशेष गरी कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को मुख्य आधार कान्दिल पर्वतमा बारम्बार स्थल कारबाही, हवाई आक्रमण र बम प्रहार गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology