Logo

२०८३, आश्विन ९गते


images
images

रक्तदान

साना किसान कृषि सहकारी केरवानीमा रक्तदान  : ५५ पिन्ट रगत संकलन

साना किसान कृषि सहकारी केरवानीमा रक्तदान  : ५५ पिन्ट रगत संकलन

images
  • साना किसान कृषि सहकारी केरवानीमा रक्तदान  : ५५ पिन्ट रगत संकलन
    images
    images

    देवदह । साना किसान कृषि सहकारी संस्था लिमिटेड केरवानीको आयोजनामा मंगलवार भएको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको छ । ६८औं राष्ट्रिय सहकारी दिवसरको अवसरमा आयोजित कार्यक्रममा १४ जना नयाँ रक्तदाता सहित ५५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रामु गिरीले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा रक्तदातालाई रक्त व्याग हस्तान्तरण गर्दै देवदह नगरपालिका वडा नं ३ का अध्यक्ष यज्ञप्रसाद अर्यालले शहर बजारमा मात्र नभई गाउँ वस्तीहरुमा पनि रक्तदान गर्नुपर्छ भन्ने भावना विकास भएकोमा खुसी व्यक्त गरे । अध्यक्ष अर्यालले देवदहको ६ नं क्षेत्र रक्तदान कार्यमा सदैव अग्रसर हुने भन्दै मानविय सेवामा सहकार्य गर्न वडा कार्यालय तत्पर रहेको बताए ।

    images
    images
    images

    सोहि अवसरमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका सञ्चालक प्रमोद खनालले सहकारीहरुले आर्थिक वाहेक सामाजिक कार्यहरुमा समेत सहभागिता जनाउने बताए । उनले यो वर्ष सहकारी दिवसको नारा समेत ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने रहेकाले सहकारीहरुले समाज प्रतिको उत्तरदायित्व बहन गरेर अघि बढ्नुपर्ने सुझाव दिए । 

    images
    images
    images

    कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले समय समयमा देवदहमा हुने रक्तदान कार्यक्रमहरुले बुटवल र आसपासमा हुने रक्त अभाव कम गर्न मद्धत मिल्ने गरेको बताए । ‘रगत दिए रगत पाइन्छ’ भन्ने मान्यतालाई आत्मसाथ गर्न सके कहिल्यै रगत अभाव नहुने उनको धारणा थियो ।

    raktadan 2.jpg

    रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीको सहयोगमा भएको कार्यक्रम सहकारीका अध्यक्ष दिपक पौडेलको अध्यक्षता र लेखा संयोजक विष्णुप्रसाद अर्यालको संचालनमा सम्पन्न भएको हो ।

    raktadan 4.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।