Logo

२०८३, आश्विन ९गते


images
images

साना किसान कृषि सहकारी केरवानीमा वित्तीय साक्षरता तालिम

साना किसान कृषि सहकारी केरवानीमा वित्तीय साक्षरता तालिम

images
  • साना किसान कृषि सहकारी केरवानीमा वित्तीय साक्षरता तालिम
    images
    images

    देवदह । साना किसान कृषि सहकारी संस्था केरवानीको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । सहकारी संस्था र सेयर सदस्यको विच सम्बन्ध बढाउने उद्धेश्यले तालिम आयोजना गरिएको हो । वडा नं १ र २ का सदस्यहरुका लागि स्थानीय गुरुङ्ग समाजको सभाहलमा सञ्चालन गरिएको तालिममा एक सय २५ जनाको उपस्थिती रहेको संस्थाले जनाएको छ ।

    images
    images
    images

    यसैगरी वडा नं ३ र ४ का सेयर सदस्यहरुलाई लक्षित गरि स्थानीय आदिवासी जनजाती महासंघको सभाहलमा आयोजना गरिएको तालिममा एक सय ४० जना सेयर सदस्यहरुको उपस्थिती रहेको थियो । 

    images
    images
    images

    कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका भुपराज भट्टराईले सहजिकरण गर्दै सेयर सदस्यहरुलाई संस्थाका योजना, सस्थाले प्रदान गरेको सेवा सुबिधा, बचत तथा ऋणको अवस्था, सहकारीका प्रचलित ऐन कानुनका लगाएत विषयमा जानकारी गराएका थिए ।  

    images
    images
    images

    सोहि अवसरमा संस्थाका सल्लाहकार एवम्र देवदह–३ का बडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, देवदह २ का कार्यवाहक अध्यक्ष ण प्रसाद न्यौपाने, लेखा समिति संयोजक विष्णु प्रसाद अर्याल, लक्षु न्यौपाने, शिवधारी अहिर, रामु गिरी, रमादेवी न्यौपाने लगाएतले बोलेका थिए । उनीहरुले सेयर सदस्य सचेत र सहकारीको विषयमा जानकार हनुपर्ने बताउँदै आँफुले दुःख गरि जोडेको रकम हिनामिना हुनबाट बचाउनका लागि आफु आवद्ध सहकारीसँग नियमित सम्पर्कमा रहनुपर्ने बताए । 

    sahakaari.jpg
    वित्तीय साक्षरता तालिममा सहभागीहरु

    कुल एक हजार पाँस सय ५० जना सेयर सदस्य रहेको साना किसान केरवानीले सम्पूर्ण सेयर सदस्यहरुलाई निरन्तर रुपमा वित्तीय साक्षरता तालिम दिने जनाएको छ । यस बर्ष ३ सय बढिलाई तालिममा सहभागि गराएको र आगामी बर्ष समेत यसलाई निरन्तरता दिने प्रवन्धक सीता अधिकारीले जानकारी दिईन् । संस्थाका अध्यक्ष दिपक पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।