Logo

२०८३, श्रावण ३०गते


images
images

विश्व-व्यापार

अमेरिकाको नयाँ भन्सार दर : चीन पहिलो निशाना, अन्य देशहरूलाई छुट

अमेरिकाको नयाँ भन्सार दर : चीन पहिलो निशाना, अन्य देशहरूलाई छुट

images
  • अमेरिकाको नयाँ भन्सार दर : चीन पहिलो निशाना, अन्य देशहरूलाई छुट
    images
    images

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका लागि ल्याएको ‘जस्तालाई तस्तै’ भन्सार दर तत्काल लागू नहुने भएको छ। चीनबाहेकका मुलुकहरूका हकमा यो निर्णय ९० दिनका लागि स्थगित गरिएको ट्रम्पले सामाजिक सञ्जाल एक्स मार्फत बताएका छन्।

    images
    images
    images

    चीनले विश्व बजारप्रति सम्मान नदेखाएको भन्दै ट्रम्पले अमेरिकी भन्सार कर १२५ प्रतिशतले बढाएको घोषणा गरेका छन्। “चीनले बुझ्नुपर्ने भयो— अमेरिका र उसका साझेदारलाई आर्थिक रूपमा निरन्तर क्षति पुर्‍याउने काम अब सह्य हुने छैन,” ट्रम्पले लेखेका छन्।

    images
    images
    images

    उनको यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा नयाँ तरंग ल्याएको छ। विशेषगरी शक्ति राष्ट्रहरू यसबाट प्रभावित बनेका छन्। आलोचना तीव्र भइरहेका बेला पनि ट्रम्प आफ्नो अडानमा कायम देखिए।

    images
    images
    images

    नयाँ भन्सार दरले नेपाललाई पनि असर नगरेको होइन। नेपाली वस्तुहरू अमेरिका निर्यात गर्दा अब १० प्रतिशत भन्सार तिर्नुपर्ने भएको छ। यसले नेपाली उत्पादन महँगो पारिदिएको भए पनि, शक्ति राष्ट्रहरूलाई लगाइएको कडाभन्दा तुलनात्मक रूपमा सहज महसुस गरिएको छ। नेपाली उद्योगी–व्यापारीहरूले यसलाई केही हदसम्म राहतको रूपमा लिएका छन्।

    तर विश्व अर्थतन्त्रका जानकारहरूले भने यस निर्णयले समग्र आर्थिक गतिविधिमा मन्दी ल्याउने सम्भावना औंल्याएका छन्। व्यापारिक असन्तुलनको जोखिम र आयात–निर्यातको अस्थिरता यसै कारणले थप उग्र बन्दै गएको विश्लेषण भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।