Logo

२०८३, श्रावण ३०गते


images
images

कविता

शिक्षाको व्यापारमा वफादार तिमी

शिक्षाको व्यापारमा वफादार तिमी

images
  • शिक्षाको व्यापारमा वफादार तिमी
    images
    images

    गुरुहरु सडकमा हिडिरहेको नदेख्ने तिम्रा आँखा ।
    यति वर्षसम्म शिक्षा ऐन नआउनुमा को होला बाधा ।।
    सम्झ त तिमी पनि शिक्षक थियौ होला कुनै दिन ।
    समाजको ज्योति हो शिक्षक आज बिर्सियौ तिमी किन ।।

    images
    images
    images

    तिमी लाग्यो राजनीतिमा म लागे पेशामा।
    मेरै उत्पादन छन् हेर सबै तिर यो देशमा।।
    एउटै थियो अवस्था तिम्रो हाम्रो त्यो दिनमा।
    शहरमा तिम्रा महल ठडिए देश डुबायौ रिनमा।।

    images
    images
    images

    मेरै लेवीबाट लगाउथ्यौ जुत्ता कुनै दिन तिमी ।
    आज हेप्न थाल्यौ शिक्षकलाई सधै बुद्ध हुदैनौ हामी ।।
    हाम्रो लागि चाहिदैन केही देशको लागि देउ ।
    गणतन्त्रको परिकल्पना अनुसारको शिक्षा ऐन लेउ।।

    images
    images
    images

    एउटै संबिधान एउटै नियम दुई थरी शिक्षा किन।
    देश निर्माणको खम्बा हो शिक्षक सरकार राम्ररी चिन।।
    सरकारी शिक्षा सक्काउन लागेकै छ कि सरकार।
    शिक्षा प्रति हैन सरकार शिक्षाको व्यापारमा भयो बफादार ।।

    - दुर्गालाल तिवारी 
    देवदह ५

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।