Logo

२०८३, श्रावण ३०गते


images
images

परिवेश

बालमैत्रीको नाम, बजेट सकाउने काम !

बालमैत्रीको नाम, बजेट सकाउने काम !

images
  • बालमैत्रीको नाम, बजेट सकाउने काम !
    images
    images

    अनौपचारिक कुराकानीमा देवदहका एकजना जनप्रतिनिधि दाइलाई मैले सोधेको थिए, यो बालमैत्री शासन प्रणाली भनेको के हो ? उहाँको जवाफ थियो, विदाको दिन बालबालिका जम्मा हुने, बस्ने, गफ गर्ने, खाजा खाने, रमाइलो गर्ने, यहि नै हो बालमैत्री । मैले यो जवाफमा अरु प्रतिक्रिया दिन थालिन । यहाँ सन्दर्भ देवदह नगरपालिका वडा नं ५ लाई बालमैत्री वडा घोषणा गरिएको विषयसँग जोड्न खोजिएको हो ।

    images
    images
    images

    देवदह नगरपालिकाको वडा नं ५ लाई वि.सं. २०८१ असार ३१ गतेका दिन बालमैत्री वडा घोषणा गरिएको भन्दै समाजिक सञ्जाल फेसबु्क लगायत विभिन्न अनलाइन मिडियाले उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिरहेका थिए । बालबालिकाहरु हातमा प्ले कार्ड बोकेर बाजागाजासहित र्यालिमा सहभागी थिए । भव्यताका साथ वडालाई बालमैत्री घोषणा गरियो । उक्त समयमा यस बिषयलाई खासै महत्व दिइएन । तर सामान्य रुपमा बालबालिका जम्मा पारेर खाजा खुवाउने, रमाइलो गराउने मात्र हो भने यो कार्यक्रमलाई यतिविधि तामझाम र कस्मेटिक स्वरुप दिएर किन घोषणा गर्नुपथ्र्यो होला ? यो विषयमा कौतुहलता जागेर यसबारे बुझ्दा उक्त कार्यक्रममा वडाहरुले राम्रै खर्च गरेको पाइयो ।

    images
    images
    images

    वडा नं ५ संगै बालमैत्री घोषणाको तयारी गरेको वडा नं १० यो वर्ष पनि घोषणा गर्न सकेको छैन भने यस बर्ष वडा नं ६, ७, ८ र ९ ले समेत बालमैत्री घोषणा गर्न तयारी भन्दै सामाजिक सञ्जालमा प्रचार प्रसार भइरहेको देखिन्छ । खासमा बालमैत्री शासन प्रणाली के हो ? यसका सुचक÷मापदण्डहरु के के हुन् ? यसको ईतिहास कस्तो छ ? आदि विषयमा यहाँ चर्चा गर्ने कोसिस गरिएको छ ।

    images
    images
    images

    सामन्यतया १८ बर्ष भन्दा कम उमेर समुहलाइ बालबालिका भनेर बुझिन्छ । यस्तो उमेर समूह जो मानसिक एवम् शारीरिक रुपमा परिपक्व भैसकेको हुँदैन । यो उमेर समुहलाई निर्णय गर्न सक्ने तर सहि गलत छुट्याउन नसक्ने उमेर समुहको रुपमा मानिन्छ । घरमा अभिभावक तथा विद्यालयमा शिक्षकको प्रत्यक्ष निर्देशन, अनुगमनमा रहेर उनीहरुले आफ्नो कार्य सम्पादन गर्ने गर्दछन् ।

    परिवार, छिमेक, समाज हुँदै भविष्यमा राष्ट्रको मेरुदण्डको रुपमा बालबालिकालाई चित्रण गर्ने गरिन्छ । बालबालिकालाई आज जस्तो शिक्षा, संस्कार अनुशासन दिईयो भोली त्यस्तै नागरिक बन्ने हुँदा बालबालिकामा असल संस्कार सिकाइनु पर्छ भन्ने मान्यता स्थापित भएको हो ।

    बालबालिकाको अधिकांश समय घर परिवार र विद्यालयमा  ब्यतित हुने हुँदा घरमा सिकाइने संस्कार, अनुसासन तथा बिद्यालयमा सिक्ने ज्ञान सिपले उसको अन्तर्निहित क्षमताको विकास हुने गर्छ । विद्यालयको वातावरण, साथी सङ्गती तथा घर वारिपरिको परिवेशले बालबालिकाको ब्यक्तित्व विकासमा प्रत्यक्ष प्रभाव पार्दछ ।

    आजका बालबालिका भोलिका युवा अनि गाउँ-समाज, सामाजिक संघ संस्थामा नेतृत्वकर्ताको रुपमा तयार हुने तथ्यलाइ मध्यनजर गर्दै बालबालिकालाई राज्यको महत्वपूर्ण अङ्गको रुपमा मानेर बाल शिक्षा, बाल श्रम, बाल बिवाह, बालबालिका बेचबिखन, बाल मृत्यु जस्ता विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरुमा बहस हुँदै आएका छन् । सन् १९८९ मा संयुक्त रास्ट्रसंघको बालअधिकार सम्बन्धि महासन्धि पारित भएको र विश्वका अधिकांश देशले अनुमोदन गरेका थिए । जसमा नेपालले सन् १९९० मा सहभागिता जनाउँदै उक्त महासन्धि अनुमोदन गरेको थियो । सोही अनुरुप नेपालमा भदौ २९ गते बाल दिवस मनाउने गरिन्छ । उक्त दिन देशभर बाल अधिकार बारे विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ ।

    विशेष गरि स्थानीय निकायमा विद्यालयस्तरका बालबालिकाको वृत्तिविकासका लागि विभिन्न शिर्षकमा बजेट नै छुट्याएर कार्यक्रमहरु गरिँदै आएका छन् । देश संघीय प्रणालीमा गईसकेको परिप्रेक्षमा बालअधिकारको विषयहरुलाई जनताको सबैभन्दा नजिकको सरकारको रुपमा हेरिने स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गर्न थाल्यो । जसलाई बालमैत्री शासन प्रणालीको रुपमा विकास गरि वि सं २०६६ सालबाट यसको अभ्यास गरिँदै आएको पाइन्छ । यसैको निरन्तरता स्वरुप बि. सं. २०७१ सालमा बालमैत्री पालिकाको लागि विभिन्न सूचकहरु निर्माण गरियो ।

    वि.सं. २०७४ मा स्थानीय निकायले बालमैत्री नीति अवलम्वन गर्नेगरि अधिकार प्रदान गर्दै स्थानीय निकाय अन्तर्गत वडा हुँदै पालिकालाई बालमैत्री घोषणा गर्ने कार्यको थालनी भयो । यसै अन्तर्गत सुनवल नगरपालिकालाई नेपालको पहिलो बालमैत्री स्थनीय निकायको रुपमा घोषणा गरिएको थियो ।

    सोही क्रममा पछिल्ला केहि बर्षमा देवदह नगरपालिकाले पनि बालमैत्री नगरपालिकाको रुपमा आफुलाई स्थापित गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । सोही अनुरुप नगरको वडा नं ५ पहिलो बालमैत्री वडाको रुपमा घोषित भईसकेको छ । अन्य वडाहरुले पनि क्रमिक रुपमा बालमैत्री वडा घोषणा हुन विभिन्न कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गर्दै आएका छन् ।

    देवदहको हकमा मिश्रित जातजाति र भौगोलिक बनोटमा समानता नहुँदा बालबालिकालाई प्रत्याभूत हुनुपर्ने अधिकार समान ढङ्गले पुग्न सकिरहेको छैन । यो विषयमा बहस हुन जरुरी देखिन्छ । नगरको दाउन्नेदेखि मुढावास, दलदले जस्ता क्षेत्रमा शिक्षाको पहुँच पुगेको छ, छैन ? सबै बालबालिका सजह ढङ्गले विद्यालयसम्म पुग्न सकेका छन् छैनन्, स्वास्थ्य र पोषणमा बालबालिकाको पहुँच कस्तो छ ? बाल श्रम, बालबिवाहको अवस्था कस्तो छ ? नगरसँग यी र यस्ता विषयको तथ्याङ्क छ कि छैन ?

    यस्तै गतिविधि अन्तर्गत रहेर कार्यक्रमहरुमा विभिन्न जनचेतनामुलुक प्ले कार्ड लिएर बालबालिकासहित र्याली, माइकिङ्ग, पर्चा पम्प्लेट सहितका श्रब्यदृश्य सामग्रीहरु सामाजिक सञ्जाल तथा स्थानीय मिडिया मार्फत प्रकाशन÷प्रसारण हुँदै आएको पाईन्छ ।

    बालमैत्री स्थानीय शासन घोषणा कार्यबिधी २०७९ ले बालबालिकासँग सम्बन्धित नीति निर्माण गर्ने, निर्णय प्रक्रियामा बालबालिका, उनीहरूका अभिभावक तथा बालबालिकासँग सरोकार राख्ने संघ संस्थाहरूको सहभागिता र उनीहरूको भूमिका सुनिश्चित गरि बालमैत्री शासन पद्धति स्थापित गर्न निर्देशन गरिएको छ । उक्त निर्देशिकामा भएका सूचकहरु प्राप्तिको पूर्ण सुनिश्चितता भएपछि मात्रै बालमैत्री वडा घोषण गर्न सकिने व्यवस्था गरिएको छ ।

    देवदहको हकमा मिश्रित जातजाति र भौगोलिक बनोटमा समानता नहुँदा बालबालिकालाई प्रत्याभूत हुनुपर्ने अधिकार समान ढङ्गले पुग्न सकिरहेको छैन । यो विषयमा बहस हुन जरुरी देखिन्छ । नगरको दाउन्नेदेखि मुढावास, दलदले जस्ता क्षेत्रमा शिक्षाको पहुँच पुगेको छ, छैन ? सबै बालबालिका सजह ढङ्गले विद्यालयसम्म पुग्न सकेका छन् छैनन्, स्वास्थ्य र पोषणमा बालबालिकाको पहुँच कस्तो छ ? बाल श्रम, बालबिवाहको अवस्था कस्तो छ ? नगरसँग यी र यस्ता विषयको तथ्याङ्क छ कि छैन ?

    नगरमा रहेका विद्यालयका पुर्वाधारहरु कस्ता छन् ? शौचालय बालमैत्री छन् या छैनन् ? खानेपानीको व्यवस्था कस्तो छ ? खेल मैदानको व्यवस्था, दिवा खाजा बस्ने डेस्क बेञ्च कस्ता छन् ? कक्षाकोठा वातानुकुलित छन् या छैनन् ? मन्टेश्वरीका नाममा खोलिएका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत बालबालिकाहरु जाडोमा कठाङ्ग्रीएर तथा गर्मीमा पसिनाले भिजेर पो पढिरहेका छन् कि ? यसबारेमा नगर र वडाहरुले कत्तिको अनुगमन गरिरहेका छन् ?

    नगरमा रहेका विद्यालयका पुर्वाधारहरु कस्ता छन् ? शौचालय बालमैत्री छन् या छैनन् ? खानेपानीको व्यवस्था कस्तो छ ? खेल मैदानको व्यवस्था, दिवा खाजा बस्ने डेस्क बेञ्च कस्ता छन् ? कक्षाकोठा वातानुकुलित छन् या छैनन् ? मन्टेश्वरीका नाममा खोलिएका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत बालबालिकाहरु जाडोमा कठाङ्ग्रीएर तथा गर्मीमा पसिनाले भिजेर पो पढिरहेका छन् कि ? यसबारेमा नगर र वडाहरुले कत्तिको अनुगमन गरिरहेका छन् ?

    आधारभुत तहका केहि बिद्यालयमा शौचालय ठिक नभएर खुल्ला आकाशमुनि शौच गर्नु परेका समाचारहरु पटकपटक मिडियामा आइरहेका हुन्छन् । यति न्युनतम आवश्यकता पूरा गर्न समेत नगर चुकेको देखिन्छ । यस्तो अवस्थाका वावजुत बालमैत्री वडा, पालिका केवल कागज मै सिमित हुने व्यवहारिक रुपमा नहुने पक्कै छ ।

    सामाजिक सञ्जालमा प्रचार प्रसार र प्ले कार्ड बोकेर माइकिङ्ग गर्दैमा बालमैत्रीको मर्म पूरा नहुने र अहिले गरिएका गतिविधिले केवल बजेट सक्ने काम भइरहेको प्रष्ट बुझ्न सकिन्छ । बालमैत्रीको नाममा बार्षिक रुपमा छुट्याइएको लाखौं रुपैया बालुवामा पानी खन्याए बराबर हुँदै गएको छ । यसतर्फ जिम्मेवार र जवाफदेही निकाय सचेत हुनुपर्ने देखिन्छ ।

    केही बर्ष अघि जातिय उत्पीडनमा परि १४ बर्षिय बालिकाले ज्यान गुमाउनु परेको घटना र विद्यालयमा हुने गलत छुवाइको सिकार भएर बाहिर बोल्न नसकेर पिडित हुनु परेका थुप्रै घटनाहरु छ्न् । सुधार गर्नुपर्ने अनेकौं बिषयहरु भएतापनि त्यता ध्यान नदिएर कागजमा सूचक पुर्याएर बाल मैत्री घोषणामा मात्रै रमाउनुलाई सकारात्मक मान्न सकिँदैन ।

    स्कुले बालबालिकालाई जम्मा पारेर घाममा ३÷४ किलोमिटर धुलाम्मे बाटोमा स्वास्थ्य सुरक्षा बिना प्ले कार्ड बोकाएर हिडाउनु बालबालिकाको दुरुपयोग हो, यस्तो कार्य तुरुन्तै बन्द गरिनुपर्छ ।

    बालमैत्री घोषणाका लागि तयार गरिएका सूचकभन्दा बाहिर देखिएका र तुरुन्तै सम्बोधन गर्नुपर्ने केहि प्रश्न र बिषयहरु बुँदागत रुपमा यहाँ उल्लेख गरिएको छ :

    १. नगरपालिका कार्यालयको पूर्वतर्फ रहेका सिमेन्ट र रड उद्योगबाट निस्कीएको प्रदुषणले बालबालिकाको स्वास्थ्यमा कस्तो प्रभाव परेको छ ?

    २. देवदहको डम्पिङ्ग साइडमा बेलाबेलामा हुने आगलागी र त्यसबाट निस्किएको प्रदुषणले त्यस क्षेत्रका बालबालिकाको स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ ?  र, त्यसको दिर्घकालिन समाधान के हुन सक्छ ?

    ३. सामुदायिक तथा निजि विद्यालयका सवारी साधनमा क्षमताभन्दा बढी विद्यार्थी भेडा बाख्रा सरि कोचेर हिड्ने गरेको दृश्य दैनिक बिहान, बेलुका देखिन्छ । यसको अनुगमन कसले गर्ने हो ?

    ४. देवदहमा २÷४ ओटा बाहेक खाल्डाखुल्डी नपरेका सडक नै भेटिदैनन् । यी सडक बालमैत्री छ्न् कि छैनन् ?

    ५. बालबालिकालाई आफु भन्दा बढि तौल भएका किताब कापिका झोला बोकाइन्छन् । नमुना विद्यालय मार्फत कुनै एउटा विद्यालयको कक्षालाई ब्यागलेस बनाएर जाँदा विस्तारै सबै  कक्षा र विद्यालयलाई त्यहि रुपमा अघि बढाउन सकिन्छ कि सकिदैंन ?

    ६. बालबालिकाहरु विद्यालयमा गर्मीयाममा पसिनाले निथ्रुक्क भिजेर तथा जाडोयाममा कठाङ्ग्रिएर पढ्नुपर्ने बाध्यता कसरी अन्त्य हुन्छ ?

    ७. बालबालिका खेल्ने र रमाउन मिल्ने पार्कहरु नगरका कुन कुन स्थानमा कति संख्यामा छन् ?

    ८. नगरभित्रको श्रम बजारमा बाल श्रमिकहरु छन् कि छैनन् ? छन् भने कति छन्, त्यसको तथ्याङ्क नगरले राखेको छ कि छैन ?

    माथि उल्लेखित बुँदाहरुमा बालबालिकाका न्युनतम आवश्यकताहरु जोडिएका छन् । यी विषय र समस्याहरु हरेक अभिभावकले प्रष्ट देख्दै आएका विषयहरु हुन् । यी समस्याहरुलाइ न्युनिकरण गर्नतर्फ ध्यान नदिई बाजागाजासहित बाल मैत्री घोषणा गर्न लाग्नु भनेको बजेट सक्नु बाहेक केहि होइन । यो विषयलाई सरोकारवाला पक्षले गम्भिरताका साथ लिएर समाधानको पाटो पहिल्याउन सके बालमैत्रि स्थानीय शासनको जग बलियो बन्थ्यो कि !

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालमैत्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।