Logo

२०८३, श्रावण ३०गते


images
images

विद्यालय र शिक्षक माझ बालमैत्री अभियान : बालमैत्री विद्यालय बनाउने प्रतिबद्धता 

विद्यालय र शिक्षक माझ बालमैत्री अभियान : बालमैत्री विद्यालय बनाउने प्रतिबद्धता 

images
  • विद्यालय र शिक्षक माझ बालमैत्री अभियान : बालमैत्री विद्यालय बनाउने प्रतिबद्धता 
    images
    images

    देवदह । देवादहलाई बालमैत्री नगरपालिका बनाउने अभियान सहित देवदह-५ लाई बालमैत्री वडा घोषणा अन्तरगत विद्यालयमा बालमैत्री अभियान संचालन गरिएको छ ।  देवदह नगरपालिका वडा नं ५ को संयोजनमा आइतबार केरवानी माध्यमिक विद्यालय र देवदह बुद्ध पब्लिक आवासीय स्कुलका प्रशासन प्रमुख, शिक्षक र कर्मचारीसँग बालमैत्री अभियानबारे अन्तरक्रिया सहित प्रशिक्षण कार्यक्रम गरिएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले बालमैत्री स्थानिय शासनका ५१ सुचकमध्ये अधिकांश सूचक पुरा गर्न  विद्यालय, शिक्षक र  कर्मचारीको भुमिका  महत्वपुर्ण हुने बताए । विद्यालयका विभिन्न समितिमा  बालबालिकाको प्रतिनिधित्व, बालबालिकाको खानपान, फोहोरको वर्गीकरण, बालबालिकामा लगानी, अपांगमैत्री पुर्वाधार, शौचालय, सरसफाइ, बाल क्लबको निरन्तर बैठक, बाल संरक्षण निति, बालबालिकाको खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्य, यातायात ब्यवस्थापन,  बालबालिकामा लागुऔषधको प्रयोगमा नियन्त्रणजस्ता विषय विद्यालय अन्तरगत पनि पर्ने हुनाले सबैभन्दा पहिले विद्यालय बालमैत्री हुनुपर्नेमा उनले जोड दिए । 

    images
    images
    images

    सो अवसरमा अभिभावक, विद्यालय, संघसंस्था, शिक्षक र विद्यार्थी आचारसंहिताको ब्रसर बितरण साथै बालमैत्री विद्यालय निर्माणका लागि शिक्षक कर्मचारी र विद्यार्थीको भुमिका विषयमा छलफल गरिएको थियो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै केरवानी माविका प्राचार्य निर्मल ढुंगाना,  देवदह बुद्ध पब्लिक आवासीय स्कुल ब्यवस्थापन समितिका अध्यक्ष जय किशन अधिकारी लगायतले विद्यालयलाई बालमैत्री बनाउने प्रतिबद्धता जनाएका थिए । 

    कार्यक्रममा देवदह नगरपालिका शिक्षा अधिकृत एवं बालमैत्री फोकल पर्सन पर्शुराम ढकाल,  देवदह नगरपालिकाको नगर बाल संजालका संस्थापक अध्यक्ष बबिता भट्टराई, बालमैत्री राष्ट्रिय अभियान्ता तथा प्रशिक्षक शर्मिला  पौडेल लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।