Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह- ५ लाई बालमैत्री वडा घोषणाको तयारी अन्तिम चरणमा

देवदह- ५ लाई बालमैत्री वडा घोषणाको तयारी अन्तिम चरणमा

images
  • सेतोमसी सहकर्मी
  • देवदह- ५ लाई बालमैत्री वडा घोषणाको तयारी अन्तिम चरणमा
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ५ लाई बालमैत्री वडा घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यक सूचक पुरा गरि जिल्ला र नगरपालिकाबाट अनुगमन भइसकेको देवदह-५ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समिति संयोजक उमाकान्त चपागाइँले जानकारी दिए । 

    images
    images
    images

    सोमबार देवदह नगरपालिकामा आयोजित जिल्ला समन्वय समिति र  सरोकारवालाहरुसँग भएकोअन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक चपागाइँले धेरै समस्याहरुलाई निरुपण गर्दै वडा नं ५ बाल मैत्री घोषणाको अन्तिम चरणमा पुगेको बताए । बाल मैत्री घोषणा मात्र गरेर नहुने र यसलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्दै उनले वडाले बालबालिकाहरुका लागि राम्रा कामहरू गर्दै जानेमा आफू विश्वस्त रहेको बताए ।  

    images
    images
    images

    अन्तरक्रियामा बोल्दै वडा नं ५ का वडा अध्यक्ष तथा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले बाल मैत्री वडा घोषणा गर्नका लागि ५१ वटा सूचक पास गर्नु पर्नेमा वडा नं ५ ले सबै सूचक पुरा गरेको बताए । आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई निःशुल्क पढाइने लगायतका विषयमा वडा  कार्यालय प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सबैको सहयोगले आफ़ुहरू सफलता नजिक पुगेको विचार व्यक्त गरे ।  

    images
    images
    images

    कार्यक्रममा देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, जिल्ला विकास समन्वय समितिका सदस्य तुलसीराम भट्टराई, कमल ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,  बालमैत्री सहजकर्ता सर्मिला पौडेल, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, आमा समुह, बाल समुहसहित वडावासीको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।