Logo

२०८३, श्रावण ३०गते


images
images

बालमैत्री वडा घोषणाको तयारी

देवदह-५ मा बाल सचेतना र्याली, बालमैत्री वडा घोषणाको तयारी

देवदह-५ मा बाल सचेतना र्याली, बालमैत्री वडा घोषणाको तयारी

images
  • देवदह-५ मा बाल सचेतना र्याली, बालमैत्री वडा घोषणाको तयारी
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ५ मा बाल सचेतना र्याली आयोजना गरिएको छ । वडा बाल संजालको आयोजनामा वडाभित्र रहेका विद्यालय, आमा समूह र टोल विकास संस्थाहरूले बाल सचेतना र्याली आयोजना गरेका हुन् । 

    images
    images
    images

    खैरेनीको लौकेश्वर मन्दिरबाट सुरू भएको र्याली खैरेनी चोक हुँदै पानबारी खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले बालमैत्री सोंचको विकास आवश्यक रहेको बताए । बालबालिकामैत्री व्यवहार, पुर्वाधार विकास र सोही अनुसारको सोंचले मात्रै बालमैत्री समाज बन्न सक्ने उल्लेख गर्दै शर्माले देवदह-५ ले नगरपालिकाको पहिलो बालमैत्री वडा बन्ने गरि काम गरिरहेको बताए । 

    images
    images
    images

    सभामा बोल्दै नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले बालमैत्री स्थानीय शासनका अधिकांश सूचक पुरा भएको बताए । केही सूचक पुरा हुने चरणमा रहेको उल्लेख गर्दै प्रवक्ता डुम्रेले फाल्गुन २ गते देवदह-५ लाई बालमैत्री वडा घोषणा गरिने बताए । 

    images
    images
    images
    बालमैत्री वडा घोषणाको तयारी.jpg
     पिठ्युमा बच्चा बोकेर बाल सचेतना र्यालीमा सहभागी महिला साथमा विदेशी नागरिक र जनप्रतिनिधि लगायत । फोटो : सेतोमसी 

    सभामा नगर बाल संजाल अध्यक्ष सिर्जना गैरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

    सचेतना र्यालीमा सहभागी टोल विकास संस्था, विद्यालय र आमा समूहलाई सम्मान समेत गरिएको कार्यक्रममा उत्कृष्ट र्यालीलाई पुरस्कृत गरिने जनाईएको छ ।  जसमा विद्यालयतर्फ देवदह मदर टङ्स एकेडेमी प्रथम, केरवानी मावि र देवदह बुद्ध पब्लिक स्कुल दोस्रो र न्यु लुम्बिनी बोर्डिंग स्कुल तेस्रो भएका छन् ।  आमा समूहतर्फ सहयात्री स्वास्थ्य आमा समूह प्रथम, मितेरी स्वास्थ्य आमा समूह दोस्रो, संगम पाल्पाली आमा समूह र सिद्धार्थ कलोनी आमा समूह तेस्रो भएका छन् भने टोल विकास संस्थातर्फ लौकेश्वर टोल विकास संस्था प्रथम र मितेरी गाउँ माथागढ़ी टोल विकास संस्था दोस्रो भएको आयोजकले जनाएको छ । 

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालमैत्री वडा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।