Logo

२०८३, श्रावण ३०गते


images
images

स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल

images
  • लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाब समितिले बुधबार लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह बारे अनुगमन तथा सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । सो अवसरमा बोल्दै सुझाब समितिका संयोजक पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले मितव्ययी र प्रभावकारी ढंगमा सेवा सञ्चालनका लागि आग्रह गरे । 

    images
    images
    images

    अस्पतालमा वार्षिक रुपमा सेवाग्राहीको चाप बढ्दै जानु सकारात्मक भएको उल्लेख गर्दै उनले अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको कुरा प्रमाणित हुने बताए । सीमिति स्रोत साधन र जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा उपलब्ध गराउनु आफैमा चुनौतिपूर्ण भएपनि मितव्ययी भएर सबै कुरालाई उच्चतम प्रयोग गरी कुशल कार्यसम्पादनका लागि अस्पताल परिवारलाई सुझाब दिए ।

    images
    images
    images

    यसैगरी समितिका सदस्य पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य दिपेन्द्र पुन मगरले अस्पतालमा सेवाग्राहीको चाप बढ्दै जाँदा सेवाप्रभाहलाई चुस्त बनाउन चुनौती भएपनि गम्भिर भएर कार्यसम्पादनमा लाग्न आग्रह गरे । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले अस्पतालमा बढ्दै गएको चापलाई घटाउन आधारभूत स्वास्थ्य सेवा स्थानीय तहले नै दिने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए । लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा बिकास गर्नका लागि स्थानीय तहका स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालहरुको क्षमता बिकास गर्न उत्तिकै आवश्यक रहेको उल्लेख गरे ।

    images
    images
    images

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले सेवा ग्राहीको चाप र सेवा उपलब्ध गराउने जनशक्ति बीच ठूलो खाडल रहेको गुनासो गरे । अस्पतालमा वार्षिक औसत ५० हजारका दरले सेवाग्राहीको चाप बढ्दै गएको तथ्याङ्क प्रस्तुत गर्दै उनले आर्थिक वर्ष २०८०÷८१ मा ४ लाख ४८ हजार १०३ जनाले सेवा लिएको उल्लेख गरे । जसमध्ये ७२ हजार २४४ जनाले आकस्मिकतर्फ सेवा लिएका छन् भने ३ लाख ४८ हजार ९७१ जनाले ओपिडीतर्फको सेवा लिएका छन् । यसैगरी प्रसुतीतर्फ १२ हजार ९५ महिलाले अस्पतालमा बच्चा जन्माएका छन् । 

    अस्पतालमा स्वास्थ्य बीमाको सोधभर्ना समयमै नहुने, बिरामीको चाम अनुसार प्राविधिक जनशक्तिको उपलब्धता नहुनु, विपद व्यवस्थापनको चुनौती, कर्मचारी कक्षको अभाव, ओपीडी डाटा रेकर्डिङमा समस्या तथा बिरामीको चाप अनुसार बेड संख्याको अभाव लगायतका समस्याहरु रहेको मेसु ढकालले जानकारी गराए । अस्पतालाई सेकेन्डरी बी लेभलको मान्यता प्राप्तीका लागि आवश्यक एमआरआई मेशिन खरिदको प्रक्रियामा रहेको बताउँदै उनले मेडिकल वार्ड बिस्तार गर्ने, आफ्नै ब्लड बैंक स्थापना गर्ने, डिजिटल हेल्थ कार्ड लागू गर्ने, डिजिटल पेमेन्टको दायर बिस्तार गर्ने, मेमोग्राम सेवा सञ्चालनमा ल्याउने तथा ल्याब रिपोर्ट मेशिनबाट अटोमेटिक जेनेरेट सिस्टम बिकास गरी सेवाग्राहीलाई उपलब्ध गराउने सेवाको बिस्तार लगायतका योजनाहरु रहेको उनले जानकारी गराए ।  

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाई, लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, वरिष्ठ निर्सङ प्रशासक इश्वरी के.सी., लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद गिरी, नेकपा माओवादी केन्द्रका नेता बामदेव क्षेत्री, एमाले नेता चित्र कार्की, ने.क.पा. रुपन्देहीका जिल्ला सेक्रेटर दिपेन्द्र सी तथा अस्पतालका पूर्व अध्यक्षहरुले सझाब प्रस्तुत गरेका थिए । अस्पताल विकास समितिका सदस्य लक्ष्मी भट्टराईले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि बिकास समितिले योजनावद्ध कामलाई अघि बढाएको उल्लेख गरिन् । 

    अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत राजन केसीको सञ्चालन तथा वरिष्ठ नर्सिङ अधिकृत ज्योती पौडेलको स्वागतमा कार्यक्रम भएको थियो । सुझाब समितिले लुम्बिनी प्रदेश सरकार मातहतका १४ वटा स्वास्थ्य संस्थाहरुको अनुगमन गरी स्वास्थ्य सेवा सुधारका लागि सरकारलाई सुझाब प्रस्तुत गर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।