Logo

२०८३, श्रावण ३०गते


images
images

स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित ‘टास्क फोर्स’

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित ‘टास्क फोर्स’

images
  • लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित ‘टास्क फोर्स’
    images
    images

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले ‘टास्क फोर्स’ गठन गरेको छ । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी ‘टास्क फोर्स’ गठन गरिएको हो ।  निर्वाचनको अवधिमा हुन सक्ने सम्भावित दुर्घटना तथा स्वास्थ्य समस्यालाई मध्यनजर गरी विशेष स्वास्थ्य सेवा दल ‘टास्क फोर्स’ गठन गरिएको अस्पतालले जनाएको छ । 

    images
    images
    images

    निर्वाचन अवधिमा सार्वजनिक विदा हुने भएकाले उक्त समयमा समेत सेवालाई प्रभावकारी बनाउन फागुन १९ देखि २२ गतेसम्म विशेष स्वास्थ्य सेवा दलले काम गर्नेगरी समिति गठन गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए । 

    images
    images
    images

    अस्पतालका आकस्मिक विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट डा. मोहम्मद नुरुल होदाको संयोजकत्वमा प्रत्येक विभागबाट १ जना फोकल पर्सन रहनेगरी समिति गठन गरिएको उनले जानकारी दिए । अस्पतालको नियमित सेवा वाहेक यो समितिले निर्वाचनको अवधिमा आइपर्ने स्वास्थ्य समस्यालाई मध्ययनजर गरी उपचार सेवामा खटिने व्यवस्था गरिएको प्रमुख गौतमले जानकारी दिए । 

    images
    images
    images

    अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले निर्वाचनलाई सफल बनाउनका लागि स्वास्थ्यको क्षेत्रबाट आफूहरुले गर्न सक्ने योगदानका रुपमा यो कार्यक्रमलाई लिइएको जानकारी दिए । नागरिकको स्वास्थ्य सेवाप्रति अस्पताल संवेदनशिल भएको बताउँदै उनले कुनै पनि अवस्थामा स्वास्थ्यको सहज पहुँचका लागि सधै प्रतिवद्ध रहेको बताए । 

    अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै अस्पतालको तर्फबाट आवश्यक स्वास्थ्य सेवालाई उक्त अवधिमा थप प्रभावकारी बनाउन टास्क फोर्स गठन गरिएको बताए । 

    स्वास्थ्य सेवाका सम्बन्धमा अस्पताल परिवार सधै संवेदनशिल रहेको बताउँदै उनले खास परिस्थितीहरुमा थप प्रभावकारी बनाउने प्रयास स्वरुप विशेष स्वास्थ्य सेवा दलको अवधारणा अघि सारिएको उल्लेख गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।