काठमाडौं । काँग्रेस महामन्त्री गगन थापाले डाँडामा बसेर पनि महिनामा लाखौँ कमाउने सपना सम्भव भएको दाबी गरेका छन् ।
मंगलवार पार्टीको केन्द्रीय कार्यालयमा विपन्न वर्गको उत्थान सम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै गगनले तिमीले याद गरिसकेको पुरानो प्रसङ्ग फेरि दोहोर्याए—“मैले कीर्तिपुरको डाँडामा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिन्छ भनेको थिएँ, त्यो बेला धेरैलाई रमाइलो लाग्यो, तर त्यो सपना सम्भव छ ।”
“एउटा व्यक्तिलाई स्किल र क्षमता दिएपछि उसैले त्यो सपना पूरा गर्न सक्छ। अहिले हामी ज्ञान अर्थतन्त्रमा छौँ । चीनमा जन्मिएको एउटा केटाले डिपसिक बनाएर सिलिकन भ्यालीबाट अनुमोदन नपाए पनि च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको छ । त्यो पनि सम्भावनाको नेटवर्क हो ।” उनले भने ।
गगनको बुझाइमा ज्ञान अर्थतन्त्र हरेक व्यक्तिका लागि नयाँ अवसरको ढोका हो । तर, ती अवसरबाट विपन्नहरू वञ्चित हुनु हुँदैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology