Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेबिरुद्ध आक्रमण जारी छः अध्यक्ष ओली

एमालेबिरुद्ध आक्रमण जारी छः अध्यक्ष ओली

images
  • एमालेबिरुद्ध आक्रमण जारी छः अध्यक्ष ओली
    images
    images

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध आक्रमण जारी रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले विभिन्न प्रकारका कुप्रचार भइरहेको बताए।

    images
    images
    images

    ओलीले एमालेविरुद्ध हमला भइरहेका बेला पढेलेखेका, प्राविधिक शिक्षामा दखल राख्ने र जीवनसँग सम्बन्धित शिक्षा लिएका युवाहरूको एमाले प्रवेश नेपाल बनाउने भिजनरी संकल्प भएको बताए। उनले एमालेले युवालाई सही मार्गदर्शनका साथ सदुपयोग गर्ने उल्लेख गरे।

    images
    images
    images

    ओलीले भने, "दुनियाँमा विभिन्न प्रकारका कुप्रचार र कुहल्ला चलिरहेका बेला एमालेविरुद्ध यत्रा हमलाहरू भइरहँदा पढेलेखेका, प्राविधिक शिक्षामा पारंगत र जीवनसँग सम्बन्धित शिक्षा लिएका युवा साथीहरू यसरी नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ। यो तपाईँहरूको भिजनरी संकल्प हो, नेपाल बनाउने भिजनरी संकल्प हो।"

    images
    images
    images

    प्रधानमन्त्री ओलीले नेकपा एमालेलाई जनताको हकअधिकार र देशका लागि लड्ने पार्टीका रूपमा चित्रित गर्दै जिम्मेवार ढंगले काम गरिरहेको पनि उल्लेख गरे। उनले उत्ताउलो नभई जिम्मेवार पार्टीको रूपमा एमालेले आफ्नो भूमिका निभाइरहेको दाबी गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।