Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुर शिर्षस्थानमा, नेपाल ११० नम्बरमा 

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुर शिर्षस्थानमा, नेपाल ११० नम्बरमा 

images
  • विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुर शिर्षस्थानमा, नेपाल ११० नम्बरमा 
    images
    images

    काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुरको पासपोर्टले नयाँ रेकर्ड कायम राखेका छन् । विश्व नागरिकता र निवासबारे तथ्यांक राख्ने हेन्ले एण्ड पार्टनर्सले संसारको सबैभन्दा लोकप्रिय पासपोर्टको बारेमा आफ्नो त्रैमासिक रिपोर्ट अक्टोबरमा जारी गरेको छ । 

    images
    images
    images

    जारी गरिएको रिपोर्ट अनुसार विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापानसँगै सिंगापुर रहेको छ । दुवै देशका पासपोर्ट बाहकले १९२ देश तथा क्षेत्रमा निर्वाध यात्रा गर्न पाउने विवरणमा उल्लेख छ ।

    images
    images
    images


    यसैगरि दोस्रो नम्वरमा जर्मनी र सिंगापुर १९० देशमा प्रवेश सहुलियत पाएको सूचिमा रहँदा तेस्रो नम्वरमा फिनल्याण्ड, ईटाली, अक्जेम्बर्ग, स्पेन रहेका छन् । त्यसैगरी चौथोमा अष्ट्रिया र डेनमार्क, पाचौंमा फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल, स्विडेन रहेका छन् ।

    images
    images
    images


    लन्डनमा आधारित यस कम्पनीले नागरिकता र निवासको आधारमा ताजा रिपोर्टहरु सार्वजनिक गर्ने गर्दछ । फर्मको हेन्ले पासपोर्ट सूचांक, अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएशनद्वारा प्रदान गरिएको विवरण र अन्य तथ्यांकहरुमा आधारित रहने गर्दछ । 

    हेन्लेले सन् २००६ पछि संसारभरको यात्रा मैत्री पासपोर्टहरुको अनुगमन गर्दै आएको छ ।


    सूचकांकले कोभिड महामारिका कारण लगाइएको अस्थायी प्रतिबन्धलाई यसको स्थान कायम राख्ने काममा समेटेको छैन ।


    कमजोर पासपोर्टको सूचिमा नेपाल भने उत्तर कोरिया भन्दा तल रहेको छ । 

    उत्तर कोरियाली पासपोर्ट वाहकले ४० देश तथा क्षेत्रमा सहज प्रवेश पाउँदा नेपाली पासपोर्ट वाहकले केवल ३७ देशमा सहज यात्रा गर्न पाउँछन् । संसारका केवल ४० भन्दा कम देशमा फ्रि भिसा वा अन अराईभल भिसा पाउने कमजोर देशहरुको सूचिमा राखिन्छ । 

    १०९ नम्वरमा उत्तर कोरिया ११० नम्वरमा नेपाल र प्यालेस्टाईन रहेको छ । यस बाहेक त्यो भन्दा तल्लो सूचिमा सोमालिया, यमन, पाकिस्तान, सिरिया, ईराक, अफगानिस्तान रहेका छन् ।
    (एजेन्सीको सहयोगमा)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।