Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

काँग्रेसभित्र अहिले उकुसमुकुस छ : महामन्त्री थापा

काँग्रेसभित्र अहिले उकुसमुकुस छ : महामन्त्री थापा

images
  • काँग्रेसभित्र अहिले उकुसमुकुस छ : महामन्त्री थापा
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र उकुसमुकुसको अवस्था रहेको बताएका छन्। सोमबार काठमाडौंमा सुवास घिमिरेद्वारा लेखिएको विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक 'सान्दाजु' को लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले काँग्रेसभित्र गुनासो, असन्तुष्टि र छटपटाहट बढेको उल्लेख गरे। तर काँग्रेससँग अहिले एउटा अवसर पनि रहेको उनले बताए।

    images
    images
    images

    थापाले संघ, प्रदेश र स्थानीय तहमा काँग्रेसकै सरकार रहेको र अब बन्ने प्रधानमन्त्री पनि काँग्रेसकै रहने भन्दै यस्तो अवस्थामा पनि काँग्रेसीजन खुसी नभएकोप्रति आश्चर्य व्यक्त गरे। उनले भने, "हामीले चुनाव जितेका छौँ, अहिले काँग्रेस देशको सबैभन्दा ठूलो पार्टी हो। संघ, प्रदेश, पालिकासम्म हाम्रो सरकार छ। प्रधानमन्त्री र गभर्नर पनि हाम्रो। यस्तो अवस्थामा काँग्रेसका कार्यकर्ता किन खुसी छैनन्?"

    images
    images
    images

    थापाका अनुसार काँग्रेसभित्रको समस्या चुनाव जित्नेसम्म सीमित सोचका कारण हो। "हामीले सधैं चुनाव जित्नुपर्ने, उम्मेदवार छान्नुपर्ने कुरा मात्रै गर्यौँ। अहिले हामीले चुनाव जित्यौँ, सरकार बनायौँ, तर खोजेको त्यो होइन रहेछ।"

    images
    images
    images

    उनले काँग्रेसलाई राष्ट्रिय शक्ति भन्दै बाहिर आउने-जाने कुरा भइरहे पनि काँग्रेस भाग्ने ठाउँ नभएको स्पष्ट पारे। नेपाल नबन्ने भन्ने नकारात्मक सोचप्रति चिन्ता व्यक्त गर्दै उनले काँग्रेसले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राखे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।