Logo

२०८३, श्रावण २७गते


images
images

नश्ल सुधारका लागि नगरपालिकाले अस्ष्ट्रेलियाबाट ल्याएको बोका काटेर सुनवलमा दशैं मनाईयो !

नश्ल सुधारका लागि नगरपालिकाले अस्ष्ट्रेलियाबाट ल्याएको बोका काटेर सुनवलमा दशैं मनाईयो !

images
  • नश्ल सुधारका लागि नगरपालिकाले अस्ष्ट्रेलियाबाट ल्याएको बोका काटेर सुनवलमा दशैं मनाईयो !
    बोयर बोका/फाईल फोटो
    images
    images

    विष्णु पोखरेल, देवदह । नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ मा नश्ल सुधारको लागि अष्ट्रेलियाबाट ल्याईएको बोयर जातको बोका काटेर दशैं मनाईएको छ । नगरपालिकाले करिव तीन लाख खर्चिएर ल्याएको उक्त बोका, बोका पालक किसान गंगाराम गैरेले अष्टमीको दिन काटेका हुन् ।

    images
    images
    images


    स्रोतले  सेतोमसीलाई दिएको जानकारीलाई थप पुष्टि गर्न कृषक गैरेलाई घटनाबारे सोध्दा उनले बोका काटेर मासु बेचेको स्वीकार गरे । नगर प्रमुख  भिम बहादुर थापा (भरत), नगर पशुशाखा प्रमुख मिश्री प्रसाद खड्का र वडा अध्यक्ष कृष्ण प्रसाद देवकोटाको सहमतिमा बोका काटिएको गैरेले बताए ।

    images
    images
    images


    "बोका विरामी थियो राम्रोसंग काम पनि गरेको थिएन । त्यसैले वडाध्यक्ष ज्युले काटेर मासु खाने भन्नूभयो अनि काटियो" - सेतोमसीसंग कृषक गरैले भने। बोका विरामी भएकोले काटिएको र त्यसको सट्टामा अर्को बोका तयार गरिएको उनको जिकिर छ । "त्यही बोकाको बीउ, अर्को बोका मसंग छ अब त्यही बोका प्रयोग गर्ने कुरा भएको छ" - उनले भने ।

    images
    images
    images


    तीन लाखको शुद्ध बोयर जातको बोका काटेर खाने अनि लोकल जातको बोका देखाउने यस्तो कसरी हुन्छ भन्ने हाम्रो प्रश्नमा कृषक गैरेले लोकल भएपनि आफुसंग भएको बोका 'तगडा' भएको दावी गरे ।


    यसै विषयमा कुरा गर्दा उक्त बोकाको मासु खानेमध्यका एक खडानन्द कोइरालाले ९ सय रुपैयाँ किलोका दरले आफुले  पनि मासु किनेको बताए । "सुरुमा त मलाई थाहा भएन, पछि नगरपालिकाले अनुदानमा दिएको बोकाको मासु रैछ भन्ने थाहा पाएपछि मैलेपनि यसबारे सोधिखोजी गरें" उनले भने । 

     

    कोईरालाका अनुसार उक्त बोका जम्मा साढे २० केजी भएको थियो । प्रती केजी ९ सयका दरले जसको मासुको मुल्य जम्मा १८ हजार ४ सय ५० हुन आउँछ । यसरी करिव तीन लाख खर्चिएर नश्ल सुधारको लागि नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएको बोका काटेर दशैं मनाईएको छ ।


    यस विषयमा कुरा गर्न खोज्दा वडा नं. १३ का अध्यक्ष कृष्ण प्रसाद देवकोटाको फोन उठेन । नगर प्रमुख भिमबहादुर थापा (भरत) संगपनि सम्पर्क हुन नसकेपछि उप नगरप्रमुख दधिराम अर्यालसंग कुरा गर्दा उनले उक्त पाठोले सर्भिस दिन नसकेकोबारे आफुलाई वडाध्यक्षले ३-४ दिन अघि जानकारी गराएको र आफुले पशुशांखा प्रमुखसंग समन्वय गरेर अघि बढ्न सुझाएको बताए । थप कुरा गर्दै उपप्रमुख अर्यालले विकल्पमा अर्को पाठो तयार गर्ने कुरा पनि वडाध्यक्षले गरेको उल्लेख गर्दै पशुशाखासंग समन्वय नगरी र प्रक्रिया नपुर्याई बोका काटिएको भए कार्वाही गरिने बताए ।


    पशुशाखासंग समन्वय गरिएको वा नगरिएको बारे बुझ्न खोज्दा शाखा प्रमुख मिश्री प्रसाद खड्काको मोबाइल स्विच अफ रहेकोले सम्पर्क हुन सकेन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।