अनिष पन्थी, गुल्मी । नेपाल बिद्यार्थी संघ गुल्मीको क्षेत्रिय कार्यसमिति क्षेत्र न २ को आयोजना तथा रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समितिको सहकार्यमा नेपाल बिद्यार्थी संघको ५२ औं स्थापना दिवसरको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सदरमुकाम तम्घास स्थित बिपि स्मृति भवनमा सम्पन्न भएको हो ।
२०२७ सालको बैशाख ६ गते स्थापना भएको यस नेपाल बिधार्थी संघले निरन्तर स्थापना दिवसको अवसर पारेर कार्यक्रम गर्दै आएको छ।
कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले भोलिका दिनमा कांग्रेसको अभिभारा बिद्यार्थीहरुकै हातमा आउने भएकाले अत्यन्तै विवेकशिल बनेर अगाडि बढ्न आग्रह गर्नुभयो । आजको नेपाल बिद्यार्थी संघ भोलिको तरुण दल र भोलिको तरुण दल पर्सिको नेपाली कांग्रेस रहेको बताउनु भएको छ त्यसकारण नेपाल बिधार्थी संघको भुमिका अन्य भातृ संघको भन्दा धेरै रहने बताउनुभयो । सेतो अनावरण संघर्सको पृष्टभुमी सेतो गोलाकार भित्र चेतनाको प्रतीक कलम र बिध्रोहको प्रतीक मसाल बोकेको नेपाल बिद्यार्थी संघ नेपाली कांग्रेस भन्दा कुनै कुरामा कमि नरहेको प्रस्ट पार्नुभयो ।
नेपाल बिद्यार्थी संघ क्षेत्रिय सभापति अर्जुन पोख्रेलको अध्यक्षता सङ्गै सुरु भएको कार्यक्रममा नेविसंघ रेसुङ्गा बहुमुखी क्याम्पसका सभापति पुनाराम घिमिरेको स्वागत मनत्वय रहेको थियो । कार्यक्रमको संचालन क्षेत्रिय सचिव कमल कुँवरले गर्नुभएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology