Logo

२०८३, श्रावण ३०गते


images
images

केरवानी माविमा नवआगन्तुक विद्यार्थीको स्वागत

केरवानी माविमा नवआगन्तुक विद्यार्थीको स्वागत

images
  • केरवानी माविमा नवआगन्तुक विद्यार्थीको स्वागत
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ। विद्यालयमा गठित केरवानी बाल क्लबले एक कार्यक्रम बिच आइतवार विद्यार्थीहरूलाई टीका र कलमले स्वागत गरेका हुन।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र पाण्डेले केरवानी माविलाई आफ्नो शैक्षिक गन्तव्यका रूपमा रोजेका विद्यार्थीलाई धन्यवाद दिए। उनले विद्यालय व्यवस्थापन सधैं विद्यार्थीमैत्री हुने प्रतिबद्धता समेत व्यक्त गरे। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सम्पूर्ण पक्ष सक्रिय रहेको उल्लेख गर्दै अध्यक्ष पाण्डेले विद्यार्थीको हितमा हुने निर्णयहरूमा व्यवस्थापनले साथ दिने बताए।

    images
    images
    images

    सोही अवसरमा बाल क्लबका सदस्यहरू रुबानी काफ्ले, सन्ध्या पुरी र सकृता ढुङ्गानाले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। क्लबकी उपाध्यक्ष कोहिनुर ढुङ्गानाले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव विश्वास ज्ञवालीले गरेका थिए।

    images
    images
    images

    बाल क्लबकी अध्यक्ष ज्योती गौतमको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक एवं बाल क्लब फोकल पर्सन खेमानन्द ज्ञवाली, शिक्षकहरू यज्ञप्रसाद न्यौपाने, सरोज कुमार न्यौपाने र पवित्रा रिमाल लगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।