Logo

२०८३, श्रावण ३०गते


images
images

केरवानी माविमा कार्य सम्पादन करार र संकल्प प्रस्तावबारे छलफल

केरवानी माविमा कार्य सम्पादन करार र संकल्प प्रस्तावबारे छलफल

images
  • केरवानी माविमा कार्य सम्पादन करार र संकल्प प्रस्तावबारे छलफल
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तरका लागि योजना निर्माण र कार्य सम्पादन करार-२०८२ सम्बन्धि छलफल भएको छ । शुक्रवार शिक्षक, विद्यालय व्यवस्थापन समिति र योजना निर्माण समितिबीच छलफल भएको विद्यालयका सूचना अधिकारी खेमानन्द ज्ञवालीले जानकारी दिए । 

    images
    images
    images

    छलफलमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र पाण्डेले विद्यार्थी र अभिभावकलाई केन्द्रमा राखेर योजना निर्माण गर्नुपर्ने बताए । शिक्षक-प्रधानाध्यापक करार सम्झौतामा शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष पाण्डेले संकल्प प्रस्ताव र करार सम्झौताले विद्यालयको समग्र विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।  

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले शिक्षक र विद्यालय नेतृत्वबीच हुने कार्य सम्पादन करारले विद्यालयलाई जिम्मेवार बनाउने धारणा राखे ।

    images
    images
    images

    योजना निर्माण समितिका संयोजक पूर्णचन्द्र पुरीले संकल्प प्रस्तावको उद्देश्य सिकाइमा सुधार ल्याउने रहेको बताए ।

    कार्यक्रममा सहायक प्रधानाध्यापकहरु खेमानन्द ज्ञवाली, हिरण्यलाल लम्साल र कमलप्रसाद ज्ञवाली तथा शिक्षकहरु यज्ञप्रसाद न्यौपाने, कृष्णप्रसाद ज्ञवाली, होमनाथ शर्मा, पवित्रा रिमाल र मनिषा न्यौपानेलगायतले शिक्षाको गुणस्तर, शिक्षकको जिम्मेवारी, तालिम र मूल्यांकन प्रणालीबारे आफ्ना भनाइ राखेका थिए । 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।