Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन

प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन

images
  • प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन
    images
    images

    भैरहवा । लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे ।

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरमा २४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३१ रनको मध्यम योगफल बनायो । रुपन्देहीका लागि सिद्धार्थ ढकालले ५४ रनको अर्धशतकीय पारी खेले । ४५ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । रोजन कुमालले २६, समीर अलि मुसलमानले २२ र तुसार चौहानले १० रनको जोडे । 

    images
    images
    images

    बलिङमा दाङका शुभम खनालले ६ ओभरमा १५ रन खर्चेर ५ विकेट लिँदा दक्ष ठाकुरले ३, चन्द्रबहादुर थापा र करण जीएमले १–१ विकेट हात पारे ।

    images
    images
    images

    १३२ रनको लक्ष्य पछ्याएको दाङ २२ ओभर १ बलमा सबै विकेट गुमाएर ६९ रनमै समेटियो । 

    बलिङमा रुपन्देहीका लक्ष्मण कुमालले ७ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, प्रिन्स पालको नाममा ४ विकेट रह्यो । दाङका अभिजित भण्डारीले सर्वाधिक १८ र शुभम खनालले १४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । 

    प्रतियोगितामा रुपन्देहीका लक्ष्मण कुमाल म्यान अफ द फाइनल घोषित भए । 

    लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । 

    प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका थिए । 

    विजयी टिमलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशन्तविक्रम मल्ल, प्रतियोगिता संयोजक प्रथम पराजुली लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।