Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

काँग्रेसमा देउवाभन्दा सक्षम प्रधानमन्त्री चलाउने नेताहरू छन् : गगन थापा

काँग्रेसमा देउवाभन्दा सक्षम प्रधानमन्त्री चलाउने नेताहरू छन् : गगन थापा

images
  • काँग्रेसमा देउवाभन्दा सक्षम प्रधानमन्त्री चलाउने नेताहरू छन् : गगन थापा
    फाईल फोटो
    images
    images

    ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको भन्दा राम्रो प्रधानमन्त्री चलाउन सक्ने नेताहरू कांग्रेसभित्र दर्जनौँ रहेको दाबी गरेका छन् ।

    images
    images
    images

    शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफैँ पनि देउवा प्रधानमन्त्री बन्ने विश्वास राख्ने भए पनि पार्टीभित्र धेरैजसो नेताहरू त्यो जिम्मेवारी अझ प्रभावकारी ढंगले वहन गर्न सक्षम रहेको बताएका हुन् ।

    images
    images
    images

    "म मेरो पार्टी सभापति अबको १२–१५ महिनापछि प्रधानमन्त्री हुने भन्ने विश्वास राख्छु," उनले भने, "तर उहाँभन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछन् भन्ने म विश्वास गर्छु ।"

    images
    images
    images

    कार्यक्रममा थापाले नेपालको राजसंस्थाका सन्दर्भमा पनि धारणा व्यक्त गरे । उनले नेपालको राजसंस्थालाई न हिजो, न भोलि कहिल्यै पनि संवैधानिक बनाउन नसकिने उल्लेख गर्दै अहिलेको बहस संवैधानिक राजतन्त्र या गणतन्त्रबीच नभई सिधै ‘राजा कि गणतन्त्र’ भन्ने स्पष्ट विकल्पमा केन्द्रित हुनुपर्ने धारणा राखे ।

    राजतन्त्रको बहसलाई चुनौती दिँदै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सिधै राजनीतिक मैदानमा आउन आग्रह गरे। “राजतन्त्र ल्याउने हो भने सिधै आउनुपर्छ। बार्गेनिङको कुरा नगरौं,” उनले भने। “राजतन्त्र आएपछि के हुन्छ ? योजना के छन् ? रोजगारी, शिक्षा, स्वास्थ्यमा समाधान के छन् ? यस्ता प्रश्नको जवाफ दिन सक्नुपर्छ ।”

    राजनीतिक यात्राको सुरुवात विद्यार्थी राजनीति हुँदै गरेको स्मरण गर्दै थापाले विगतमा कांग्रेसले संवैधानिक राजतन्त्र र बहुदलीय प्रणालीलाई दुई स्तम्भ मानेर अघि बढेको बताउँदै राजसंस्था भने कहिल्यै कांग्रेसको मूल्य र मान्यताको अनुयायी बन्न नसकेको दाबी गरे ।

    "कांग्रेस कहिलेकाहीँ राजावादी भयो होला, तर नेपालको राजसंस्था कहिल्यै राजावादी भएन । त्यो जहिल्यै राजतन्त्रवादी मात्र रह्यो," उनले स्पष्ट पारे ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।