काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायर खेल आईतवार हुदैछ । दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्स र पञ्जाव किंग्स खेल्दैछन् ।
अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७ : ४५ बजेदेखि शुरु हुनेछ ।
मुम्बई इण्डियन्सले इलिमिनेटरमा गुजरात टाइटन्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो भने पञ्जाव किंग्स पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
यस सिजनमा लिग चरणमा दुवैबीच मे २६ मा सम्पन्न खेल पञ्जावले ७ विकेटले जितेको थियो ।
यस खेलको विजयी टिमले आईपिएल २०२५ को फाइनल यात्रा तय गर्नेछ । जहाँ उसले यसअघि नै फाईनल पुगेर बसेको रोयल च्यालेन्जर्स बैंगलुरको सामना गर्नुपर्नेछ । त्यस्तै आईतवार पराजित हुने टिमको यस सिजनको आइपिएल यात्रा समाप्त हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology