Logo

२०८३, श्रावण ३०गते


images
images

राजावादी आन्दोलन

राजसंस्था पक्षधरहरुले आज नक्सालस्थित नारायणचौरमा प्रदर्शन गर्ने

राजसंस्था पक्षधरहरुले आज नक्सालस्थित नारायणचौरमा प्रदर्शन गर्ने

images
  • राजसंस्था पक्षधरहरुले आज नक्सालस्थित नारायणचौरमा प्रदर्शन गर्ने
    images
    images

    काठमाडौँ । राजसंस्था पक्षधरहरुले आज नक्सालस्थित नारायणचौरमा प्रदर्शन गर्ने भएका छन् । 

    images
    images
    images

    राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनको चौथो दिन नारायण चौरमा अपराहन्न २ बजेदेखि प्रदर्शन शुरु हुने जानकारी दिए ।

    images
    images
    images

    राजसंस्था पक्षधरहरुले विहिवारदेखि शुरु गरेको प्रदर्शन काठमाडौँका विभिन्न स्थानमा गर्दै आएका छन् ।  विहिवार रत्नपार्कमा प्रदर्शन गरेका उनीहरुले शुक्रवार माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका थिए ।

    images
    images
    images

    त्यस्तै शनिवार दरबारमार्गस्थित महेन्द्र शालिक अगाडी प्रदर्शन गर्ने तयारी गरेपनि प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि रत्नपार्कहुदै बालुवाटारसम्म प्रदर्शन गरेका थिए ।

    राजसंस्था पक्षधर दलहरु र अभियानले एक साथ विहिबारदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजसंस्था
  • # प्रदर्शन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।