Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा एमसिसी बिरुद्ध प्रदर्शन

बुटवलमा एमसिसी बिरुद्ध प्रदर्शन

images
  • बुटवलमा एमसिसी बिरुद्ध प्रदर्शन
    images
    images

    विनोद खनाल, बुटवल । नेपालको संसदद्वारा अमेरिकी प्रोजेक्ट मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित भएर कार्यान्वयनको चरणमा प्रवेश गर्दैगर्दा त्यसका बिरुद्धमा बिरोधका कार्यक्रमहरु बढ्दै गएका छन। आईतवार बुटवलमा नेत्रविक्रम चन्द 'विप्लप' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी मशालले संयुक्त रुपमा बिरोध बिरोध प्रदर्शन गरे । 

    images
    images
    images

    बुटवलको ब्लडबैंक नजिकै जम्माभएका नेताकार्यकर्तालाई प्रहरीले केहिसमय तितरबितर बनाउने कोसिस गरेको थियो । प्रहरी हस्तक्षेपका बाबजुत अमरपथबाट एमसिसी बिरुद्ध नारा जुलुस जुलुस सहित नयाँ बसपार्कमा पुगेर कोणसभा सम्पन्न भएको थियो ।

    images
    images
    images

    कार्यक्रमका क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सचिव प्रेम सुवेदीले एमसिसी साम्राज्यवादी योजना अन्तर्गत नेपालमा भित्राइएको र  यसले नेपालको स्वाधीनतामा प्रहार गरेको कुरा औंल्याउँदै सम्पुर्ण देशभक्त नेपाली एकजुट भएर खारेज गर्नुपर्ने बताए । उनले यो परियोजना खारेज नगर्नेहो भने मुलुक गंभिर संकटमा पर्ने भन्दै देशभक्तहरु एकजुटभएर यसका बिरुद्ध संघर्ष गर्नुको बिकल्प नरहेको बताए ।

    images
    images
    images

    यस्तै नेपाल कम्युनिस्ट पार्टी रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले एमसिसी संझौताका राष्ट्रघाती प्रवधानको ब्याख्या गर्दै नेपालको संविधान भन्दा माथि एमसिसी संझौता रहेको हुनाले त्यसलाई कुनैपनि हालतमा स्वीकार्न नसकिने बताए । उनले राष्ट्रीय स्वाधीनता र जनताको मुक्ती आन्दोलनमा आफ्नो पार्टी होमिएको स्मरण गराउँदै आवस्यक परे  बैदेशिक हस्तक्षेप बिरुद्ध स्वाधीनताको आन्दोलनमा होमिने र जनसममुदायलाई समेत लाग्न अपिल गरे।

    नेपाल कम्युनिस्ट पार्टी (मशाल) का नेता दिपक पौडेलले एमसिसी कुनै अनुदान नभई लगानी भएको  र चीन  विरुद्ध गतिविधि बढाउने अमेरिकी षडयन्त्र हो भन्दै अमेरेकी शैन्य रणनीतिको अंग जुन असंलग्न परराष्ट्र निति विपरीत छ त्यसलाई कार्यान्वयन हैन खारेज गर्नुपर्ने बताए ।

    एमसिसीको विरुद्ध देशभरी विरोध प्रदर्शन गर्ने केन्द्रीय निर्णय अनुसार दलहरूले प्रदर्शन गरेका हुन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमसिसी
  • # प्रदर्शन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।