काठमाडौँ । राजावादीहरुको आजको प्रदर्शन काठमाडौँको सिफल चौरमा हुने भएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले मंगलवार अपराहन्न २ बजेदेखि सिफल चौरमा प्रदर्शन शुरु हुने जानकारी दिएका छन् ।
गत विहिवारदेखि शुरु भएको आन्दोलन राजावादीहरुले काठमाडौँका विभिन्न स्थानमा गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका तीन स्थान सिफल चौर, बालाजु र कोटेश्वर क्षेत्रमा मात्र प्रदर्शन गर्न अनुमति दिदै अन्य स्थानमा निषेधाज्ञा जारी गरेपछि राजावादीको आन्दोलन खुम्चिदै गएको विश्लेषण हुन थालेको छ ।
यसअघि सोमवार भने पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको दिन भएकाले जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु नगरेर कमलादी गणेशस्थानमा राजावादीहरुले दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology