Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल

मुम्बईलाई हराउदै पञ्जाव आइपिएलको फाइनलमा

मुम्बईलाई हराउदै पञ्जाव आइपिएलको फाइनलमा

images
  • मुम्बईलाई हराउदै पञ्जाव आइपिएलको फाइनलमा
    images
    images

    काठमाडौँ । पञ्जाव किंग्स आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाव फाइनलमा पुगेको हो ।

    images
    images
    images

    मुम्बईले दिएको २०४ रनको लक्ष्य पछाएको पञ्जावले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले अविजित ८७ रन बनाएका थिए भने नेहाल बढेराले ४८, जोश इंगलिसले ३८ र प्रियांश आर्याले २० रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै २०३ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्मा र सूर्यकुमार यादवले ४४-४४ रन बनाएका थिए भने जोनी बैरस्टोवले ३८ र नमन धिरले ३७ रन बनाए ।

    images
    images
    images

    योसँगै पञ्जाव किंग आफ्नो आइपिएल इतिहासमा दोस्रो पटक फाइनलमा पुगेको छ । यसअघि २०१४ मा उपविजेता बनेको पञ्जाव त्यसपछि नै यसपटक प्लेअफ हुदै फाइनलमा पुगेको छ ।

    अब मंगलबार हुने फाइनलमा पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।